ट्रम्पको भ्रमण अघि अमेरिकाद्वारा यूएईलाई १.४ बिलियन डलरको हतियार बिक्री घोषणा, विशाल लगानी सम्झौता हुँदै

इनेप्लिज २०८२ वैशाख ३० गते १:१२ मा प्रकाशित

अमेरिकाले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १.४ बिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री सम्झौता सार्वजनिक गरेको छ। यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पको यूएई भ्रमण हुनु केही दिनअघि गरिएको हो।

अमेरिकी विदेश बिभागले कङ्ग्रेसलाई जानकारी दिँदै भन्यो ,यस हतियार बिक्री अन्तर्गत १.३ बिलियन डलरको चिनूक हेलिकप्टर(उदग्रबिमान)हरू र १३० मिलियन डलर बराबरको एफ-१६ लडाकु विमानका पूर्जा र सहयोग समावेश छन्।

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको अन्तिम गन्तव्य यूएई हुनेछ, जहाँ यूएईले आगामी १० वर्षमा अमेरिका भित्र १.४ ट्रिलियन डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ। ट्रम्पको यस भ्रमणमा कृतिम बुद्धिमत्ता (एआई) निर्माण क्षेत्र र ऊर्जा क्षेत्रमा केन्द्रित धेरै आर्थिक सम्झौता घोषणा हुने अपेक्षा गरिएको छ।

साथै ट्रम्पले साउदी अरेबियासँग ठूलो हतियार सम्झौता गर्ने पनि अनुमान गरिएको छ, जुन भ्रमणको पहिलो गन्तव्य हो।

तर डेमोक्र्याट सांसदहरूले भने यस हतियार बिक्रीको विरोध गरिरहेका छन्। जनवरीमा सिनेटर क्रिस भ्यान होलन र जन प्रतिनिधि सारा ज्याकब्सले यूएईलाई सुडानका विद्रोहीहरूलाई हतियार आपूर्ति गरेको आरोप लगाएका थिए।

नवीनतम बिक्री घोषणा भएको दिन नै सिनेटर क्रिस मर्फीले ट्रम्पको क्रिप्टो प्रतिष्ठानमा अबुधाबीको लगानीका कारण यूएईलाई हतियार बिक्री रोक्न पहल गर्ने बताएका छन्।

प्रतिक्रिया