अमेरिका । २०२५ मे ११— चर्चित नेपाली अभिनेत्री तथा निर्मात्री (फिल्ममेकर) ऋचा घिमिरे अमेरिकामा स्थापित नेक्स्ट जेनेरेसन जिनियस प्रविधिमूलक शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर (सदभावना दूत)नियुक्त भएकी छन्। यससँगै उनी अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर(सदभावना दूत) बन्ने पहिलो नेपाली कलाकार बनेकी छन्।
आजको प्रतिस्पर्धात्मक युगमा बालबालिकालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न जीनियस(प्रतिभाशाली) बन्न आवश्यक छ। यही सोचका साथ कोड मन्त्रले कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई सक्षम बनाउने उद्देश्य लिएको छ।
प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनीलाई ब्रान्ड(मार्का)को अनुहार बनाइएको हो।
नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवर्द्धन गरिरहेका भए पनि अमेरिकामा बसेर अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता गर्ने पहिलो नेपाली अभिनेत्रीको रूपमा ऋचाले इतिहास रचेकी छन्।
यसअघि पनि उनी टिकटकको ‘फ्यामिली पेयरिङ’ विज्ञापनका लागि अमेरिकामा प्रस्ताव पाउने एक मात्र नेपाली कलाकार बनेकी थिइन्, जब अन्य कलाकारहरू नेपालमै थिए।
त्यस्तै, ऋचाको कम्पनी वेल डन क्रिएसनले निर्माण गरेको र निर्देशक शंकर घिमिरेद्वारा निर्देशित फिल्म ‘तेल भिसा’ अमेरिकामै छायांकन गरिएको थियो। यस चलचित्रमा ऋचा स्वयंले ५ मध्ये १ मुख्य भूमिका निर्वाह गरेकी थिइन्। अन्तर्राष्ट्रिय मनोनयनहरू प्राप्त गर्नुका साथै कैयौं पुरस्कारहरू पनि जितेको उक्त फिल्मले, नेपाली सिनेमा जगतलाई अन्तर्राष्ट्रिय मञ्चमा उचो स्थान दिलाएको छ।
“यो केवल एउटा ब्रान्ड साझेदारी होइन,” ऋचाले भनिन्, “हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन्।”
कोड मन्त्रको बारेमा प्रतिष्ठानका सीईओ (प्रमुख कार्यकारी अधिकारी )भुवन रिजाल,सीटीओ सुजान रिजाल तथा उत्पादन सल्लाहकार सलोम भट्टले कोड मन्त्र बारेमा पर्दा(स्क्रिन)मार्फत केही महत्वपूर्ण कुराहरु बताएका थिए ।
कोड मन्त्र एक अमेरिकामा आधारित एडटेक(एजुकेसन प्रविधि) प्रतिष्ठान हो जसले बालबालिकाका लागि कोडिङ,एआई ,रोबोटिक्स र गणित जस्ता विषयमा भविष्यकेन्द्रित कक्षा प्रदान गर्छ। ‘बालबालिकालाई मात्र बिधालयका लागि होइन, जीवनका लागि तयार गरौं’ भन्ने दर्शनमा कम्पनी अगाडि बढिरहेको छ।
यसै बीच त्यहाँ उपस्थित भएका मध्ये अतिथिको तर्फबाट उत्तर अमेरिकाकै राष्ट्रिय स्तरको सँस्था एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए)का अध्यक्ष खगेन्द्र अधिकारी तथा हर्नडनको आदर्श नेपाली समाजका अध्यक्ष चिरिन्जीवी लामिछानेले शुभकामना दिएका थिए ।
एएनएका अध्यक्ष अधिकारी कोड मन्त्रको उद्देश्य तथा यसको कार्यबाट आफू प्रभावित भएको भन्दै दोश्रो पुस्तामा केन्द्रित रहेकोले मुक्त कण्ठले प्रशंसा गरे । उनले आगामी अगस्तमा क्यानडामा हुने एएनएन सम्मेलनमा समेत कोड मन्त्रलाई सहभागी हुन् आमन्त्रण गरे ।
प्रतिक्रिया