“ट्रम्पले भने: ‘फर्काउन सक्छु, तर गर्दिन ‘ — मेरिल्याण्डका गार्सियाको मुद्दामा दृढ अडान”

इनेप्लिज २०८२ वैशाख १७ गते ११:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एबिसी न्यूजसँगको अन्तर्वार्तामा गत मंगलबार स्वीकार गर्दै भने उनी मेरील्यान्डका नागरिक किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई एल साल्भाडोरबाट फर्काउन सक्ने तर उनले त्यसो नगर्ने स्पष्ट संकेत दिए।

एबिसीन्यूजसँगको अन्तर्वार्तामा पत्रकार टेरी मोरनले राष्ट्रपति ट्रम्पलाई एल साल्भाडोरका राष्ट्रपतिलाई गार्सियालाई फर्काउन भन्न सक्नु हुन्न भन्ने सवालमा
ट्रम्पले जवाफ दिए, “म सक्छु। तर यदि उनी तपाईले भनेजस्तो सज्जन हुन्थे, म गर्थें। तर उनी होइनन्।”

ट्रम्पले थपे, यो निर्णय मेरो होइन, सरकारी वकिलहरूले नै उनलाई फर्काउने पक्षमा छैनन्।”

यो प्रतिक्रिया सर्वोच्च अदालतको फैसलासँग विरोधाभासी देखिन्छ, जसले ट्रम्प प्रशासनलाई अब्रेगो गार्सियालाई फर्काउन ‘सहयोग गर्नैपर्ने’ निर्णय सुनाएको थियो।

गार्सियालाई गत महिना एक प्रशासनिक त्रुटिका कारण एल साल्भाडोर फर्काइएको थियो । उनले २०१९ मा एक न्यायाधीशको आदेशलाई अवहेलना गरेका थिए ।अमेरिकी अधिकारीहरू अहिले भन्छन् उनीहरूलाई एल साल्भाडोरलाई जबरजस्ती गर्न सक्ने अधिकार छैन । “फैसला एल साल्भाडोरको हो,”अमेरिकी न्यायमन्त्री प्याम बन्डीले भने।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले ट्रम्पसँगको भेटमा स्पष्ट पारे, “हामी हाम्रो देशमा रहेका आतङ्ककारीहरूलाई सजिलै छोड्दैनौं,” र अब्रेगो गार्सियालाई जेलमै राख्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया