अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा मिसिगनको म्याकोम काउन्टीमा आयोजित भेलामा कडा आप्रवासन नीतिलाई आफ्नो सबैभन्दा ठूलो सफलताको रूपमा प्रस्तुत गरे।
“हप्ता–हप्ता गरेर हामी गैरकानुनी आप्रवासन समाप्त गरिरहेका छौं,” ट्रम्पले भने। “मैले जितेको मुख्य कारण नै आप्रवासन नीति हो। सिमानामा भीडभाड, र विश्वभरिबाट आउनेहरू रोक्नु नै मेरो प्राथमिकता थियो।”
शुक्रबारदेखि सुरुवात गरिएको एक हप्ते प्रचार अभियान अन्तर्गत, ह्वाइट हाउसको बगैंचामा गैरकानुनी रूपमा देशमा रहेको भनिएका आप्रवासीहरूको तस्बिरहरु सहितका ठूलो आकारका प्रचार पर्चाहरू राखिएका थिए ।
सभाम ट्रम्पले संघिय रिजर्भका अध्यक्ष जेरोम पावेलमाथि परोक्ष आलोचना गर्दै भने, “म उनको नाम लिन्न तर उनले राम्रो काम गरि रहेका छैनन् ।”
ट्रम्पले फेरि बाइडनको “बिधुतिय सवारी साधन आदेश” खारेज गरेको दाबी गरे । सिएनएनका अनुसार यद्यपि त्यस्तो कुनै आधिकारिक संघीय आदेश कहिल्यै अस्तित्वमा थिएन। उनले आफ्नो प्रारम्भिक कार्यकालमै सो निर्णय गरिसकेको भन्दै आज मिसिगनजस्तो गाडीहरु निर्माण गर्ने उद्योगको गढमा यसको चर्चा गरे।
साथै, उनले सवारीसाधन उद्योगलाई राहत दिने गरी नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै केही गाडीहरुका पूर्जामा कर छुटको व्यवस्था गरेका छन्, यद्यपि २५% भन्सार शुल्क यथावत् रहने बताइएको छ।
सभामा ट्रम्पले फेरि बाइडनमाथि व्यंग्य गर्दै स्लीपी जो बाइडन भन्दै आलोचना गरे । पूर्व राष्ट्रपति बाइडन प्रति व्यंग्य र नीतिगत आक्रमण ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती विशेषता बनिसकेको देखिन्छ।
प्रतिक्रिया