बिश्वकै चर्चित अमेरिकी हार्वर्ड विश्वविद्यालय राजनैतिक विवादमा तानिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पटक पटक दबाब दिई रहेको छ ।
हार्वर्ड विश्वविद्यालयमाथि अमेरिकी संघीय सरकारले कडा प्रहार गर्दै दबाब सिर्जना गरि रहेको छ । गृह सुरक्षा सचिव क्रिस्टि नोएमले संस्थाबाट २.७ मिलियन बराबरको दुईवटा अनुदान रद्द गरिन्। उनले हार्वर्डलाई “करदाताको पैसामा विश्वास गर्न नसकिने संस्था” भनेर घोषणा गरिन्।
नोएमले विश्वविद्यालयलाई अप्रिल ३० भित्र अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी प्रवेशाज्ञा (भिसा )अभिलेखहरू पेश गर्न आदेश दिएकी छिन्। उल्लंघन भएमा विद्यार्थी भर्ना गर्ने प्रमाणपत्र खारेज गरिने चेतावनी दिएकी छिन् ।
हार्वर्डमा “अमेरिका विरोधी र हमास समर्थक सोच” छाएको भन्दै आरोप लगाएकी छिन् । उनले यो संस्थाको शैक्षिक प्रतिष्ठा हराइसकेको दोषारोपण लगाईन । राष्ट्रपति ट्रम्पको प्रशासनले यसअघि हार्वर्डका लागि निर्धारित २.२ बिलियन संघीय सहायता रोकिदिएको छ । आन्तरिक राजस्व सेवा( आइआरइर्स)ले विश्वविद्यालयको करमुक्त स्थिति ५०१ (सि )(३ )पुनरावलोकन गरि रहेको फक्सन्यूजले जनाएको छ ।
रद्ध गरिएको अनुदानमा ८००,३०३ डलर “हिंसात्मक सोच रोकथाम” कार्यक्रम र १,९३४,९०२ को “ब्लू क्याम्पेन कार्यक्रम” समावेश रहेको छ । हार्वर्डले जवाफ दिँदै करमुक्त स्थिति हटाइएमा छात्रवृत्तिमा कटौती, महत्वपूर्ण अनुसन्धानमा असर, र नवप्रवर्तन रोकिने चेतावनी दिएको छ।
यहूदीविरोधी गतिविधिहरू बिश्वबिद्यालय परिसरमा भएकाले ट्रम्प प्रशासनले विश्वविद्यालयहरूमा कडा निगरानी राखेका छन् । हार्वर्डसँग ५३.२ बिलियनको सम्पत्ति भए पनि सरकारले करदाताको पैसामा दायित्वबोध आवश्यक रहेको स्पष्ट गरेको छ।
प्रतिक्रिया