कोस्टारिकाका पूर्व राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता एरियासको प्रवेशाज्ञा अमेरिकाद्वारा खारेज

इनेप्लिज २०८१ चैत २० गते ११:१९ मा प्रकाशित

कोस्टारिकाका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता ओस्कार एरियासले अमेरिकी सरकारले कुनै स्पष्टीकरणबिना आफ्नो प्रवेशाज्ञा(भिसा )खारेज गरे पनि आफूले सार्वजनिक रूपमा आलोचना गर्न नछोड्ने बताएका छन्।

८४ वर्षीय एरियासले बुधबार एपीसँग कुरा गर्दै मंगलबार अमेरिकी विदेश विभागबाट बिधुतिय डाक (ईमेल) प्राप्त गरेको खुलासा गरे, जसमा उनलाई अब प्रवेशाज्ञा (भिसा)का लागि पुनः आवेदन दिनुपर्ने उल्लेख गरिएको थियो।

प्रवेशाज्ञाखारेजीको कारण स्पष्ट गरिएको छैन, तर एरियासले युक्रेन युद्ध, अमेरिका-चीन व्यापार द्वन्द्व, तथा गाजाको अवस्थामाथि आफूले दिएका टिप्पणीहरूलाई वाशिङ्टनले मन नपराएको हुनसक्ने बताएका छन्।

एरियासले यो खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्टारिकाबाट आयात हुने सामानमा १०% भन्सार महसुल शुल्क लगाउने घोषणा गरेकै भोलिपल्ट पाए।उनले भने, “अमेरिकाले नै विश्वभर स्वतन्त्र व्यापार प्रवर्द्धन गर्दै आएको हो, तर अहिलेको कदम असंगत छ।”

उनले थपे, “इतिहासले प्रमाणित गरेको छ— खुला अर्थतन्त्र भएका मुलुकहरू तीव्र गतिमा बढेका छन्।”*एरियास नै अमेरिका र मध्य अमेरिकी राष्ट्रहरूबीचको स्वतन्त्र व्यापार सम्झौताको मुख्य प्रवर्द्धक थिए।

एरियासको विचार र अमेरिकी नीति :

एरियासले हतियार खरिद घटाउनु पर्ने तथा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा लगानी बढाउनु पर्ने धारणा राख्दै आएका छन्। उनले अमेरिकी अन्तर्राष्ट्रिय सहायता निकाय (युएसएआइडि ) को विघटनप्रति गहिरो असन्तोष व्यक्त गरे।

व्यक्तिगत धारणा :

प्रवेशाज्ञा खारेजीले आफूलाई ठूलो असर नपर्ने बताउँदै उनले भने,अमेरिकाले मलाई पहिले नै ९३ मानार्थ उपाधि प्रदान गरिसकेको छ। अब थप उपाधि दिने छैन।”

तर उनले अमेरिकाप्रति आफ्नो सम्मान यथावत् रहेको बताए: “म चाहन्नँ कि यस्तो घटना घटेको होस्, किनकि म त्यो देश र त्यहाँका जनताप्रति सम्मान गर्छु।”

प्रतिक्रिया