चैत २० काठमाडौँ
सार्वजनिक प्रशारण संस्था रेडियो नेपालले आज आफ्नो ७५ औ स्थापना दिवस, तथा हीरक महोत्सव विविध कार्यक्रम आयोजना गरि मनाइरहेको छ । विं सं. २००७ चैत २० गते आजैका दिन प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर २ सय ५० वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारण आरम्भ गरिएको रेडियो नेपाल, राजनीतिक परिवर्तनको आरोह अवरोह पार गर्दै सार्वजनिक प्रशारण संस्था सम्म आइपुगेको हो । रेडियो नेपालले नेपाली जनतामाझ सूचना शिक्षा मनोरञ्जन प्रदान गर्दै आएको छ ।
सात वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकका ३३ स्थानमा ३५ वटा एफएम रिले स्टेसनबाट रेडियो नेपाल प्रसारण हुँदै आएको छ । आर्थिक सर्वेक्षण अनुशार हाल रेडियो नेपालको पहुँच ९४ प्रतिशत जनसख्यामा पुगेको छ । सिंहदरवारस्थित केन्द्रिय कार्यालयमो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोहको आयोजना भएको हो ।
विशेष समारोहको उद्घाटन गर्नुहुदै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाज विहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार यसले जागामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती रहेको पनि बताउनुभयो ।
उहाँले रेडियो नेपालले लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने विश्वास लिएको बताउनुभयो ।
उहाँले रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्बजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपाललगायत आमसञ्चार माध्यमले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अभी जिम्मेवार विश्वसनीय जबाफदेही भएर काम गर्ने विश्वास लिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको मुद्द्धीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरोध गर्दै इण्टरनेटर सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधताभित्र एकता र समानता खोज्दै आफ्ना कार्यक्रमहरुलाई त्यसैतर्फ केन्द्रित गरेर आगाडी बढ्नेछ भन्नेमा विश्वास लिएको बताउनुभयो ।
उहाले बदलिदो परिस्थिती अनुसार आफ्नो दायित्व पुरा गर्न रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रलार्य सर्वव्यापी बनाउदै देश र जनताप्रति उत्तरदायी भएर भएर अगाडी बढ्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको अत्तराष्ट्रिय मान्यता र राष्ट्रिय अभ्यासका आधारमा प्राथमिकताहरु निर्धारण गरेर अगाडी बढेको बताउनुभयो ।
कार्यकारी अध्यक्ष विष्टले रेडियो नेपालले निर्माण गरेको विरासतलाई अझ उचाइमा लैजानका लागि दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिदो परिस्थिती अनुसार नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्न सधै लागिरहने बताउनुभयो ।
विएसपी नेपाल रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालले ७५० औं वर्ष पुरागर्दा सामाजिक शैक्षिक सास्कृतिक साहित्यिक र सागितिक सबै क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा नागरिक प्रतिको दयित्व पुरा गर्न सार्वजनिक मेवा प्रसारण नेपाल रेडियो नेपाल निरन्तर अगाडी बढ्ने बताउनुभयो ।
समारोहमा राष्ट्रिय स्रष्टा सम्मानबाट रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई ताम्रपत्र र ५१ हजार रुपैया नगदसहित सम्मान गरिएको छ । यसैगरी वरिष्ठ मगीतकारहरु रत्न बेहोसी, मोहनप्रसाद जोशी र रत्ना कुमारी गुरुङलाई श्रष्टा सम्मानबाट सम्मानित गरिएको छ ।
यस्तै उत्कृष्ट कर्मचारीहरु दनसिंह ऐर, निलकण्ठ आचार्य, अर्जुन यादव, टकनाथ खनाल र बालिका मादेनलाई पुरस्कृित गरिएको छ भने उत्कृष्ट स्थानीय सवादातामा कैलालीका इश्वर साउदलाई पुरस्कृत गरिएको छ । रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पुरा गरेका २२ जना कर्मचारीहरुलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको छ ।
रेडियो नेपालले हरेक महोत्सवका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीतसंगीत प्रतियोगिता २०८१ मा प्रथम हुनुभएका परेश राई, द्वितीय हुनुभएका दीपिका श्रेष्ठ र तृतीय हुनुभएका पूर्ण बहादुर बि क लाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाण–पत्र प्रदान गरियो । यसैगरी, प्रतियोगितामा उत्कष्ट सङ्गीतकार चण्डीप्रसाद काफ्ले र उत्कृष्ट रचनाकार र होम न्यौपानेलाई २५÷२५ हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया