ट्रम्पको बिरोध गर्दै अमेरिकी सिनेटर कोरी बुकरले २५ घण्टाको सिनेटमा भाषण दिदै कीर्तिमान तोडे, उनले कसरी तयारी गरे?

इनेप्लिज २०८१ चैत १९ गते १०:०७ मा प्रकाशित

अमेरिकाका सिनेटर कोरी बुकरले २५ घण्टाको सिनेट भाषण दिएर कीर्तिमान तोडेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसूची (एजेन्डा)को बिरोध गर्दै उनले २५ घण्टा लामो भाषण गर्दै इतिहास कोरेका छन् ।

“मलाई थाहा थिएन कति समयसम्म बोल्न सक्छु। म २५ घण्टा टिक्न सकेकोमा निकै आभारी छु।” ,उनले भने ।

सिनेटको इतिहासमा सबैभन्दा लामो भाषण दिएर कीर्तिमान तोडेपछि सिनेटर कोरी बुकरले थकाइ लागेपनि आफू कृतज्ञ रहेको बताए।

२५ घण्टासम्म लगातार उभिएर बोलेका बुकरले डिहाइड्रेसन(निर्जलीकरण)का केही फाइदा र बेफाइदा रहेको बताए। उनले कुनै विशेष उपकरण वा टालो (डाइपर )प्रयोग गरेको भन्ने प्रश्नमा उनले सजिलै प्रश्न छल्दै भने— “मलाई २५ घण्टासम्म शौचालय जानु परेन किनभने मैले निकै कडा उपवासको तरिका अपनाएँ।”

उनले शुक्रबारदेखि खाना खान छोडेका थिए । सोमबार सुरु हुनुअघि राति नै पानी पिउन बन्द गरेका थिए।

यो भाषण सोमबार साँझ सुरु भएर २५ घण्टा ४ मिनेटसम्म चलेको थियो, जसले १९५७ मा स्ट्रोम थरमन्डले दिएको २४ घण्टा १८ मिनेटको कीर्तिमान तोड्यो।

बुकरले आफ्नो शरीरलाई हलुका बनाउन गोजीमा केवल एउटा बाइबलको कार्ड (पत्र-बाक्लो कागज)राखेका थिए । उनले भाषण अघि सिनेटर राफायल वार्नकसँग प्रार्थना गरेको समेत खुलाए।

प्रतिक्रिया