तीनकुने घटनामा गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको अन्त्येष्टि

बेद प्रसाद घिमिरे २०८१ चैत १९ गते ९:३९ मा प्रकाशित

काठमाडौं । तीनकुने घटनामा गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पाँच दिनपछि अन्त्येष्टि गरिएको छ । शुक्रबार (चैत १५) भएको घटनामा ज्यान गुमाएका महर्जनको मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । महर्जनको परिवारले मंगलबारमात्रै शव बुझेको थियो ।

तीनकुनेको एक घरभित्रै जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव भने अस्पतालमै छ । उनको पोस्टमार्टम प्रक्रिया नसकिएका कारण शव शिक्षण अस्पतालमै रहेको परिवारले जनाएका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा सविन र सुरेशको मृत्यु भएको थियो।

प्रतिक्रिया