युद्ध सम्झौता र युद्धा विराम भए पछि पनि इजरायलले लेवनानमा आक्रमण गरेको सिविएसन्यूजले जनाएको छ ।
इजरायलले पहिलो पटक बेरुतमा आक्रमण गरेको र त्यसले लेबनानी राजधानीमा ठूलो असर पारेको छ।
इजरायलका रक्षा मन्त्रीले इजरायलका उत्तरी क्षेत्रहरुमा शान्ति नहुने हो भने बेरुतमा पनि शान्ति नहुने चेतावनी दिएका छन्।
इजरायलको दावी अनुसार यो हमला हेजबुल्लाहको मानव रहिच यान( ड्रोन ) भण्डारण स्थलमा गरिएको हो। तर, हेजबुल्लाहले उत्तरी इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गर्दै इजरायलले आक्रमणको बहाना खोजेको दावी गरेको छ।
यस घटनाले मानविय संकट थप चर्काउन सक्ने र क्षेत्रीय अस्थिरता बढाउन सक्ने संकेत गर्दछ।
यसबीच, लेबनानी सरकारले बेरुतको प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको छ।
यो स्थितिले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई झनै जटिल बनाउने सम्भावना छ।
प्रतिक्रिया