युद्धबिरामको वार्ता हुदै गर्दा रुसद्वारा युक्रेनको ग्यास नलीमा आक्रमण ,विद्युत कटौती तथा ३,३०० भन्दा बढी ग्राहकहरू प्रभावित

इनेप्लिज २०८१ चैत १३ गते १०:१४ मा प्रकाशित

युद्धबिराम प्रकिया अगाडी बढ्दै जाँदा रुसले युक्रेनको ग्यास नलीमा आक्रमण गर्दा क्षति हुनुको साथै विद्युत कटौती भएको छ । रुसले युक्रेनमाथि निरन्तर हवाई हमला जारी राख्दा युक्रेनका विभिन्न क्षेत्रहरूमा भौतिक संरचना र जनजीवनमा असर पुगेको छ। दक्षिणी युक्रेनको खेरसन शहरमा रुसी हमलाबाट पाँच जना घाइते भएका छन् भने केही घरहरू र ग्यास नलीमा क्षति पुगेको छ। खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्द्र प्रोक्रुडिनका अनुसार एक रुसी मानव रहित यान (ड्रोन)लाई खेरसन क्षेत्रमै खसालिएको थियो। तर बिहीबार बिहानको अर्को मानव रहित यान (ड्रोन) हमलामा एक महिलाको ज्यान गएको छ।

त्यस्तै, रुसद्वारा आंशिक रूपमा कब्जा गरिएको जापोरिजिया क्षेत्रमा गोला प्रहारका कारण हजारौ उपभोक्ता विद्युतविहीन भएका छन्। ३,३०० भन्दा बढी ग्राहकहरू प्रभावित भएको गभर्नर इभान फेदोरोभले बताए।

उत्तर पश्चिमी खार्किभ क्षेत्रमा गरिएको ‘विशाल माव रहित यान (ड्रोन )आक्रमण’मा ११ जना घाइते भएका छन् र औद्योगिक संरचनामा ठूलो क्षति पुगेको छ।

केन्द्रीय शहर ड्निप्रोमा मानव रहित यान आक्रमणका कारण आगलागी भएको छ । ६० भन्दा बढी साना सवारी साधन (कार) क्षतिग्रस्त हुँदा धेरै उच्च भवन र शैक्षिक संस्थाहरू पनि प्रभावित भएका छन्।

युक्रेनी हवाई सेनाले रातभरि रुसले एक क्षेप्यास्त्र (मिसाइल )र ८६ मानव रहित यान (ड्रोन )प्रहार गरेको जानकारी दिएको छ। तीमध्ये ४२ वटा मावव रहित यान (ड्रोन )खसालिएको र केही उडानकै क्रममा निष्क्रिय भएको बताइएको छ। खार्किभ, सुमी, ड्निप्रो र चेरनिहिभ क्षेत्रमा यसका असरहरू परेका छन्।

यसैबीच, साउदी अरेबियामा भएको वार्तापछि युक्रेन र रुसले उर्जासम्बन्धी पूर्वाधारमाथि आक्रमण नगर्ने सहमति गरेका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया