नेपाल चलचित्र कलाकार संघको हालैे बसेको कार्यकारिणी समितिको बैठकबाट नेपाल चलचित्र कलाकार संघले कलाकारहरुलाई अर्पण गर्दै आएका पुरस्कारको निणर्य गरेको छ । नेपाल चलचित्रमा अभिनय कर्म गरेर लामो समय निरन्तर योगदान पु¥याएका चलचित्र कलाकारको योगदानको कदर स्वरुप सम्मानका लागि संघले नेपाल चलचित्र संघ पुरस्कार श्रीमती बसुन्धरा भुसाल अध्यक्ष रहेको कार्यकाल वि.स. २०५५ सालमा स्थापना गरिएको हो । जस अनुसार वि.सं. २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ५ दशक देखि अभिनय गर्दै आउनु भएको चरित्र अभिनेता श्री मुकुन्द किसोर भट्टराई, वि.सं. २०७९सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार ४ दशक देखि अभिनय गर्दै आउनु भएका चरित्र अभिनेता श्री लय संग्रौला र वि.सं २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ४ दशक देखि अभिनय गर्दै आउनु भएका अभिनेता श्री पुरण जोशीलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
यसै गरी संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा श्री रमेश बुढाथोकी अध्यक्ष रहेको कार्यकाल वि.सं २०६८ मा स्थापित स्व. शान्ती मास्के स्मृती परस्कार विगत ४ दशक देखि अभिनय गर्दै आउनु भएकी अभिनेत्री श्री गौरी मल्ललाई अर्पण गर्ने निर्णय गरिएको छ । नेपाल चलचित्र कलाकार संघ पुरस्कार जनही रु. ७५,०००।– (पचहत्तर हजार) ले पुरस्कृत ब्यक्तित्वलाई अपर्ण गरिने छ । यस अघि नेपाल चलचित्र कलाकार संघ पुरस्कारबाट नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायत विशिष्ट कलाकार पुरस्कृत भई सक्नु भएको छ ।
स्व. शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६, ०००। (छपन्न हजार) रहेको छ । यस अघि यो पुरस्कारबाट मदनदाश श्रेष्ठ, आर पि पन्त, मिथिला शर्मा बोहरा लगायत विशिष्ट कलाकारहरु पुरस्कृत भई सक्नु भएको छ ।
केही वर्ष अगाडी दिवंगत हुनु भएका कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहनुभएका कलाकार र लक्ष्मी शर्माले संघको रविन्द्र खड्का अध्यक्ष रहेको कार्यकालमा संघलाई प्रदान गर्नु भएको तीन लाख रुपैयाको अक्षयकोश बाट प्राप्त व्याजबाट यस वर्ष देखिरु. १०,००० । (दश हजार) को स्व. गोपाल राउत स्मृति पुरस्कार अर्पण गरिने निर्णय अनुरुप वि.सं २०८० सालको गोपाल राउत स्मृति पुरस्कार विगत ४ दशक देखि अभिनय गर्दै आउनु भएका कलाकार श्री रामकाजी घिमिरेलाई अर्पण गर्ने निर्णय गरिएको छ । साथै नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दे आईरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मि कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने पनि बैठकमा निर्णय गरिएको छ । यि सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा अर्पण गरिनेछ ।
प्रतिक्रिया