नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । कांग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
उनले भने ‘अनि ८१,८२,८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुर्नस्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’
बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने बताए ।
प्रतिक्रिया