अमेरिकी डेल्टा बिमान टोरन्टो विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । हिमपातको कारण बिमान अवतरण गर्ने क्रममा उल्टिएको छ ।
डेल्टा एयरलाइन्सको एउटा विमान मिनियापोलिसबाट टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
फेब्रुअरी १७, २०२५ का दिन एन्डेभर एयरद्वारा सञ्चालित डेल्टा बिमानसेवाको उडान ४८१९, स्थानीय समय अनुसार दिउँसो २:१५ बजे क्यानडाको हिउँले ढाकिएको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले विज्ञप्तिमा जनाएको छ।
अवतरणका क्रममा विमान उत्तानो परेको छ भने विमानमा रहेका ८० यात्रु तथा चालक दलका सदस्यहरू घाइते भएका छन् । पछिल्लो जानकारी अनुसार १८ जना घाइते भएका छन् ।
आपत्कालीन उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए भने सबैलाई विमानबाट बाहिर निकालियो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । टोरन्टो पियर्सन विमानस्थलमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।
क्यानडाको यातायात सुरक्षा समितिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। संघीय उड्डयन प्रशासनका अनुसार विमानमा रहेका सबै ८० जनालाई बाहिर निकालिएको छ। डेल्टा एयर लाइन्सले उडानमा ७६ यात्रु र चार चालक दलका सदस्य रहेको बताएको छ।
डेल्टाले टोरन्टोको उडानमा ४ चालक दलका सदस्य सहित ८० जना सवार रहेको पुष्टि गरेको छ।
प्रतिक्रिया