भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा इलन मस्कसँग भेट गरी अन्तरिक्ष, प्रविधि, र सुशासनबारे छलफल गरे।
प्रमुख विषयमध्ये एक स्पेसएक्स स्टारलिङ्कको भूउपग्रह अंतर्जाल सेवा भारतमा प्रवेश गर्ने बिषयमा रहेको थियो। स्टारलिङ्कले भारतमा अनुमति पाउन संघर्ष गरिरहेको छ र मुकेश अम्बानीको टेलिकम कम्पनी(दूरसंचार प्रतिष्ठान)सँग स्पेक्ट्रम वितरणबारे विवाद भइरहेको छ।
स्टारलिङ्क भारतमा आफ्नो भूउपग्रह अंतर्जाल( इन्टरनेट) सेवा सुरु गर्न चाहन्छ । रोयटर्सले जनाए अनुसार भारत सरकारले स्पेक्ट्रम नीलामीको सट्टा सिधै प्रदान गर्नुपर्ने पक्षमा निर्णय लिएको देखिन्छ, जुन इलन मस्कको दृष्टिकोणसँग मेल खान्छ।
यस प्रकारको छलफल भारतको अन्तरिक्ष नीति र व्यापारिक अन्तरिक्ष उद्योगको विस्तार गर्न महत्त्वपूर्ण हुन सक्छ। मोदीको अघिल्ला अमेरिकी भ्रमणहरूमा पनि ठूला प्रविधि र अन्तरिक्षसम्बन्धी सम्झौताहरू भएका छन् । जस्तै २०२३ मा भारतले अमेरिकी आर्टेमिस एकर्डमा हस्ताक्षर गरेको थियो, जसले आधुनिक अन्तरिक्ष अन्वेषणका मापदण्डहरू निर्धारण गर्छ।
इलन मस्क विश्वव्यापी अन्तरिक्ष कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्छन् किनभने स्पेसएक्सले भू उपग्रह र प्रक्षेपण उद्योगमा प्रभुत्व जमाएको छ। उनको मोदीसँगको भेटघाटले भारतको भविष्यको अन्तरिक्ष नीति निर्धारण गर्न र भारत-अमेरिका प्रविधि सहकार्यलाई बलियो बनाउन योगदान दिन सक्ने रोयटर्सले समाचारमा लेखेको छ ।
प्रतिक्रिया