प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ। ट्रम्प पुनः निर्वाचित भएपछिको यो उनीहरूको पहिलो बैठक हो। बैठकमा मुख्य रूपमा व्यापार, भन्सार शुल्क (ट्यारिफ) र आप्रवासनबारे छलफल केन्द्रित रह्यो।
राष्ट्रपति ट्रम्पले भारतसँग “शानदार व्यापार सम्झौताहरू” गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रधानमन्त्री मोदीलाई “महान नेता” भन्दै प्रशंसा पनि गरे। तर, बैठक अघि नै ट्रम्पले रेसिप्रोकल टेरिफ (पारस्परिक शुल्क )प्रणाली लागू गर्ने घोषणा गरे, जसले भारतीय अर्थतन्त्रमा असर पार्न सक्नेछ। मोदीले वार्तामा भारतलाई अनुकूल व्यापार सम्झौता गर्ने प्रयास गर्ने रोयटर्सले जनाएको छ ।
बिश्व मुद्दाबारे पनि छलफल भयो। रुस-युक्रेन युद्धबारे मोदीले शान्ति प्रक्रियाको पक्षमा भारत उभिएको बताए। उनले भने, “भारत तटस्थ छैन, बरु शान्तिको पक्षमा छ। युद्ध समाधान वार्ताबाट मात्र सम्भव छ।”
यो मोदीको प्रधानमन्त्री बनेपछि अमेरिकाको १०औँ भ्रमण हो र ट्रम्पसँगको चौथो भेट हो । यो बैठकले भारत-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
दुई नेताले व्हाइट हाउसमा एक आपसमा हात मिलाएर र अँगालो हाली अंतर्राष्ट्रिय संचारमाध्यमसँग संवाद गरे र त्यसपछि द्विपक्षीय वार्ता सुरु गरे। “म राष्ट्रपति ट्रम्पको लागि उनको देशलाई सधै प्राथमिकता दिनुमा प्रशंसा गर्छु। म पनि त्यहि गर्छु – यो हाम्रो बीचको समानता हो,” प्रधानमन्त्री मोदीले भने। ट्रम्पले यसैमा थपे, “उनी भारतमा राम्रो काम गर्दैछन् र हामी हाम्रो राष्ट्रहरूको बीचका सम्बन्धलाई अझ बलियो बनाउँछौं।”
दुई नेताले संचारमाध्यमका प्रश्नहरूको जवाफ दिए – जसमा रूस-युक्रेन युद्ध र बंगलादेशमा संकटका बारेमा पनि सोधियो । “अमेरिका बंगलादेशमा संलग्न भएको छैन,” ट्रम्पले भने ।
रूस-युक्रेन युद्ध अन्त्य गर्ने भारतको सम्भावित भूमिकाबारे सोधिएको प्रश्नमा, प्रधानमन्त्री मोदीले भने, “म डोनाल्ड ट्रम्पको युद्ध अन्त्य गर्नका लागि प्रयासलाई समर्थन गर्छु। संसारले भारतलाई युद्धको समयमा तटस्थ मान्छ, तर म यसलाई स्पष्ट पार्न चाहन्छु कि भारत न्यूट्रल तटस्थ – बरु, यो शान्तिको पक्षमा रहेको छ।”
भारत र अमेरिका बीचको शुल्क र सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा, ट्रम्पले भने, “प्रधानमन्त्री मोदी एक महान नेता हुन्,” र, “हामी भारत र अमेरिका लागि केही शानदार व्यापार सम्झौताहरू गर्नेछौं।”
प्रतिक्रिया