व्हाइट हाउसको ओभल कार्यालयमा पत्रकारहरुको जवाफ दिदै केही जमिन युक्रेनमा फिर्ता आउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।
गत बुधबार रक्षा सचिव पिट हेगसेथको युक्रेनले २०१४ भन्दा पहिलेको आफ्नो सिमाना फिर्ता पाउनु “अवास्तविक” भएको दाबी गर्ने टिप्पणीको बारेमा सोध्दा निश्चित रूपमा असम्भव जस्तो देखिन्छ ,उनले भने ।
तर उनले अगाडी भने मलाई लाग्छ युक्रेनमा केही भाग फिर्ता आउनेछन् । अमेरिका अझै पनि युक्रेनलाई सहायता पठाउँदै छ तर युक्रेन ‘सुरक्षित’ चाहन्छ ।
संयुक्त राज्य अमेरिकाले अब युक्रेनलाई सहायता पठाउछ या पठाउदैन भन्ने पत्रकारहरुले जिज्ञासामा हामी यसलाई सुरक्षित गर्न चाहन्छौं र पैसा सुरक्षित हुनेछ ,ट्रम्पले भने । यदि अमेरिकाले सहायता पठाएन भने पुटिनले जितेको भन्नेछन् , उनले भने ।
युक्रेन नेटोमा नभएमा ठिक हुने ट्रम्पले बताए ।
प्रतिक्रिया