युक्रेनमा रुसको युद्ध तेस्रो वार्षिकोत्सव नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको घोषणा गरेका हुन् ।
“उनी मानिसहरूलाई मर्नबाट रोक्न चाहन्छन्,” ट्रम्पले न्यूयोर्क पोष्टलाई भने ।
ट्रम्पले अन्तर्वार्तामा उनले पुटिनसँग कति पटक कुरा गरेका थिए भन्ने बारेमा जिज्ञासामा “नभन्नु राम्रो” तर आफ्ना रुसी समकक्षीसँग “राम्रो सम्बन्ध” रहेको बताए।
अमेरिकी राष्ट्रपतिले युक्रेनमा पुटिनको युद्ध तेस्रो बर्षमा प्रवेश गर्दै जाँदा छिटो समाप्त हुनेमा आशा व्यक्त गरे । सिएनएनका अनुसार उनले पहिले पदभार ग्रहण गरेको २४ घण्टा भित्र द्वन्द्व समाप्त गर्ने वाचा गरेका थिए।
मलाई आशा छ यो छिटो हुनेछ। हरेक दिन मानिसहरू मरिरहेका छन्। युक्रेनमा यो युद्ध धेरै खराब रहेको न्युयोर्क पोस्टलाई भने।
ट्रम्पले यस हप्ताको सुरुमा युद्ध अन्त्य गर्ने वार्ताले “धेरै प्रगति गरेको बताएका थिए ।
गत शुक्रबार राष्ट्रपतिले पत्रकारहरूलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आगामी हप्ता भेट्ने बताएका थिए । उनले पुटिनसँग पनि कुरा गर्ने योजना बनाएको संकेत गरेका थिए ।
प्रतिक्रिया