नेपालमा माघ लागे लगत्तैै वन डढेलोका घटनाहरू धेरै नै बढिरहेका छन्। कति समाचारमा आउछन त कति आउदैनन् ।
डढेलोको वर्तमान अवस्थालाई हेर्दा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हाल देशभर ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो सक्रियरुपमा लागिरहेका छन्।
डढेलोका विभिन्न कारणहरूमध्ये लामो खडेरी, उच्च बेगको हावाहुरी, अत्यधिक गर्मी, र मानवसिर्जित कारणहरू वन डढेलोका प्रमुख कारक हुन्। साथै, उपभोक्ताले दिगो रूपमा वन उपयोग गर्न नपाउँदा पनि डढेलोको जोखिम बढेको छ।वन डढेलोका कारण वनस्पति, वन्यजन्तु, मानव स्वास्थ्य, र वातावरणमा गम्भीर असर परेको छ। वायुमण्डलीय प्रदूषण, जैविक विविधताको ह्रास, र माटोको उर्वराशक्तिमा कमी जस्ता समस्याहरू देखा परिरहेका छन्।
नियन्त्रणका प्रयासहरू नभएका पनि होईनन वन तथा वातावरण विभागले डढेलो नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरिरहेको छ। राष्ट्रिय फोकल प्वाइन्ट स्थापना, कानुनी कार्यान्वयन, र जनचेतना कार्यक्रमहरू सञ्चालनमा छन्। तर, अझै पनि प्रभावकारी नियन्त्रणका लागि थप प्रयास आवश्यक देखिन्छ। स्थानीय समुदायको सशक्तीकरण, परम्परागत ज्ञानको प्रवद्र्धन, र विद्यालयस्तरदेखि नै डढेलो सम्बन्धी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ। साथै, डढेलो नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राखी सबै तहका सरकारहरूबीच समन्वय बढाउनुपर्छ।
वन डढेलोको दीर्घकालीन समाधानका लागि सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक छ।यसैबीच, APSA Nepal ले आगामी चैत्र २४ र २५ गते याक एण्ड यति होटलमा फायर सेफ्टी र इलेक्ट्रोनिक सुरक्षासम्बन्धि सम्मेलनको आयोजना गर्दैछ। यो सम्मेलनले आगलागी नियन्त्रण, इलेक्ट्रोनिक सुरक्षा, र आपतकालीन व्यवस्थापनमा नवीनतम प्रविधि र अभ्यासहरूबारे छलफल गर्नेछ। यसले वन डढेलो नियन्त्रणमा प्रविधिको भूमिकाबारे पनि महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनमा विज्ञहरू, सुरक्षा विशेषज्ञहरू, र सरोकारवालाहरूबीच अनुभव आदान–प्रदान हुनेछ, जसले नेपालमा वन डढेलो नियन्त्रण र सुरक्षा व्यवस्थापनमा नयाँ दृष्टिकोण र समाधानहरू प्रदान गर्नेछ।
प्रतिक्रिया