ट्रम्पले भेनेजुएली आप्रवासीहरूको अस्थायी संरक्षित स्थिति( टिपिएस)उल्टाए 

इनेप्लिज २०८१ माघ १६ गते १९:५४ मा प्रकाशित

 ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनको भेनेजुएली आप्रवासीहरूका लागि अस्थायी संरक्षित स्थिति (टिपिएस) विस्तार गर्ने निर्णय उल्ट्याएको छ। 

यो कदमले नीति अन्तर्गत दर्ता भएका लाखौ आप्रवासीहरूको भविष्य अन्योलमा पारेको सिविएसन्यूजले जनाएको छ।

यस निर्णयअनुसार केही भेनेजुएली आप्रवासीहरूले यस वसन्त ऋतुमै अमेरिकी भूमिमा कानुनी रूपमा बस्ने र काम गर्ने अनुमति गुमाउन सक्ने छन्।

जसको टिपिएस अवधि समाप्त हुन्छ उनीहरूलाई आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिइ)ले देश निकाला गर्न सक्ने सिविएसन्यूजले समाचारमा उल्लेख गरेको छ।

ट्रम्प प्रशासनले आईसिइलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निष्कासन अभियान सञ्चालन गर्न जिम्मेवारी दिएको छ।

गृह  सुरक्षा सचिव क्रिस्टि नोएमले यस महिनाको सुरुमा उनका पूर्ववर्ती एलेजान्ड्रो मायोरकसद्वारा जारी गरिएको आदेश खारेज गरिन्। 

उक्त आदेशले भेनेजुएली टिपिएस कार्यक्रमलाई अक्टोबर २०२६ सम्म १८ महिनाका लागि विस्तार गर्ने योजना राखेको थियो। 

प्रतिक्रिया