भोली जनवरी ३० का दिन बिहीबार गाजाबाट तीन इजरायली नागरिक र पाँच थाई बन्धकहरू रिहा गरिने भएको छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार गाजा भूभागबाट रिहा गरिने इजरायली बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।
उनिहरुमा अर्बेल यहुद (२९ वर्ष)अगम बर्जर (१९ )गाडी मोसेस (८० वर्ष) रहेका छन्।
साथै पाँच जना थाई नागरिकहरूलाई पनि रिहा गरिने भएको छ
तर तिनका नाम सार्वजनिक गरिएको छैन्। यस बन्धक मुक्ति प्रक्रियामा कतार र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत सम्पन्न भै रहेको छ।
पहिलो चरणमा ३३ जना रिहा गरिने छ भने ईजरायलले करिव २,००० प्यालेस्टानीहरुलाई रिहा गर्ने छ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले गत सोमबार रिहा गर्न बाँकी रहेका इजरायली बन्धकहरूमध्ये आठ जनाको मृत्यु भएको बताए।
प्रतिक्रिया