प्रबासमा कलाकारकोलागि पच्चीस सत्ताईस एक सुखद दिन वनेको छ ।अन्तराष्ट्रिय कलाकार समाज अन्तर्गत अमेरिकाको वाल्टिमोरमा ईनास मेरिल्यान्डले कलाकार कल्याणकारी कोषको घोषणा गरेको छ ।
वैठकले दुःख अठ्यारोमा परेका कलाकारलाई सहयोग गर्ने हेतुले कलाकार कल्याणकारी कोषको स्थापनाको शुरूवात र धोषणा गरेको हो ।कार्यक्रममा वाना अध्यक्ष तथा ईनास मेरिल्यान्डका संरक्षक शुवोध विलास पन्थले आफ्नो शुभकामना सहित एकहजार एक डलर घोषणा गर्नु भयो त्यसपछि ईनास मेरिल्यान्डका युवा सल्लाहाकार प्रविण भण्डारीले हातमा हात मिलाउदै सोहि रकम वरावर घोषणा गर्नु भयो ।
वाना वाल्टिमोरकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले पांचसय डलर घोषणा सहयोग सहित आफ्नो विचार राख्नु भयो । त्यस्तै युवा समाजसेवी कोशिश भन्डारीले पांचसय डलर प्रदान गर्नु भयो । कार्यक्रममा ईनास मेरिल्याण्डका सल्लाहाकार मोहन राउत ( जोन्स टोयटा )ले पांचसय डलरको वाचा गरिराख्दा उपश्थित माहानुभाव उत्साहित देखिन्थे ।
त्यतीवेलै कलाकारको विचवाट कोषको वारेमा प्रस्ट पार्दै संन्चारकर्मी शन्देश कुमार खड्काले कोषमा पचासहजार डलरको संकलन उद्देश्य रहेको जानकारी गराए । कार्यक्रममा ईनास मेरिल्याण्ड अध्यक्ष लक्ष्मण पौडेलले सवैलाई सहयोगको अपिल सहित कलाकारको दुःखमा हातेमालो गर्न अनुरोध गरे त्यस्तै ईनास मेरिल्याण्डकी वरिष्ठ उपाध्यक्ष शान्ती भन्डारीले आगामी दिनमा समीतीमार्फत यो अभियानलाई ससक्त वनाउनेकुरा जानकारी दिनु भयो ।
कार्यक्रममा ईनास मेरील्यान्डका सल्लाहाकार एवं समाजसेवी अमर छन्त्यालको विशेष उपश्थिती भने सल्लाहाकार तथा कलाकार श्याम गुरूगं युवा सल्लाहाकार प्रविन भण्डारी भिम के सी उपश्थित थिए । ईनास मेरिल्याण्डको नियमित वैठक तथा कोष निर्मण कार्यक्रममा निम्न व्यक्तिको उपश्थिती रहेको थियो ।
ईनाश अमेरिका क्षेत्रिय संयोजक कन्हैया सिहं परियार ,ईनाश अमेरिका अध्यक्ष राहुल के सी ,वरिष्ठ उपाध्यक्ष सृजन ताम्राकार ,प्रवक्ता गोपाल चन्द्र लामिछाने तथा ईनास मेरिल्याण्डका तर्फवाट उपाध्यक्ष दिलीप श्रेष्ठ ,अमृत रामदाम राजु ढुंगेल ,खिम मस्रांगी माहासचिव सज्जन वोहोरा सचिव याम क्षेत्री कोषाघ्यक्ष माध्वी भन्डारी, सह कोषाध्यक्ष स्वरूपा रसाईली ,सदस्यमा मोहन गुरूगं तथा रमेश परियार विजय गरूगं थिए ।
त्यस्तै कलाकार लोक प्रिय गायीका अन्जना गुरूगं ,आभा मुकारूगं ,कल्पना देवकोटा मिस नर्थ मेरिका फस्ट रनर मोडल रूवी पौडेल पनि कार्यक्रममा थिए ।
जनवरी १७ /२०२५ मा सम्पन्न युक्त कार्यक्रममा कोषको तर्फ वाटनेपालमा मृगौला पिडित उपचारार्थ गायक वलविर थापालाई ने रू ५००००/- ( पचासहजार )सहयोग गर्ने जनकारी गराएका छन ।
कलाकार र कलाकारको सारथी ईनास मेरिल्यान्डको यो उत्कृष्ट र उत्साहजनक कामकोलागि हाम्रो पनि समर्थन र सहयोग छ ।
विगतका दिनमा पनि वाल प्रतिभा प्रफुटन जस्तो गरिमामय कार्यक्रमको स्मरण गराउदै ईनास मेरिल्यान्डलाई हाम्रो पनि शूभकामना छ ।
प्रतिक्रिया