अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायतका प्रधानमन्त्री स्टारमर बीच कुराकानी

इनेप्लिज २०८१ माघ १३ गते २३:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री केयर स्टारमर बीच कुराकानी भएको छ ।

ट्रम्प र स्टारमरले आइतबार हमासबाट इजरायली-बेलायती नागरिक एमिली दमारीको रिहाइ र दुई देशहरू बीच “निष्पक्ष द्विपक्षीय आर्थिक सम्बन्ध” कसरी प्रवर्द्धन गर्ने भन्ने बारेमा कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

डाउनिंग स्ट्रिट अर्थात् प्रधान मन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार स्टारमरले गाजामा युद्धविराम र बन्धक सम्झौता सुरक्षित गर्न ट्रम्पको भूमिका प्रति कृतज्ञता व्यक्त गरे ।

साथै उनीहरूले व्यापार र अर्थतन्त्रको बारेमा पनि छलफल गरेको बताए ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्रीका आफ्नो भाइको मृत्युमा प्रधानमन्त्रीलाई समवेदना पठाएको चर्चा गर्दा प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई उनको शब्दहरूको लागि धन्यवाद दिए ।

प्रतिक्रिया