अमेरिकाको ग्रेट लेक क्षेत्रमा बिशाल हिमपात सुरु भएको छ भने तापक्रम न्यून हुन् थालेको छ । त्यस्तै अमेरिकाको मिसिगन राज्यमा कीर्तिमानी २४.८ इन्चको हिउ परेको छ ।
ग्रेट लेक क्षेत्रका केही भागहरू सतर्क अन्तर्गत रहेका छन् भने हिउँले उक्त क्षेत्रमा जताततै सेतो बनाई रहेको छ । ग्रेट लेक्स क्षेत्रका केही भागहरूमा छुट्टी पछिको यात्रामा बाधा पुर्याउने मौषमविदहरुले बताएका छन् ।
अमेरिकी राष्ट्रिय मौषम सेवाको अनुसार उत्तरी मैदानहरू ,मध्यपश्चिमी दक्षिण र पूर्वी तटमा दक्षिणतिर फैलिएको चिसो हावा अर्को हप्तासम्म रहने अपेक्षा गरिएको छ । जसले गत हिउँद देखिको सबैभन्दा चिसो तापक्रम ल्याउनेछ।
मिनेसोटादेखि टेक्सससम्मको पूर्वी क्षेत्रहरुमा तापमान १५ देखि २५ डिग्रीसम्म घट्ने अनुमान गरिएको छ। हिउँद मौसम सतर्कताहरू शनिबार लगभग १६ मिलियन अर्थात् १ करोड १६ लाख मानिसहरू चिसोको प्रभावमा परेका छन् ।
मिशिगन, पश्चिमी न्यूयोर्क, उत्तरपश्चिमी पेन्सिलभेनिया र उत्तरपूर्वी ओहायोको भागहरूमा ६ देखि १२ इन्च सम्म व्यापक हिउँ पर्ने अनुमान गरिएको छ । लेक एरी(ताल एरी) र ओन्टारियोका केही क्षेत्रहरू ४ देखि ५ फीटसम्म हिउ पर्ने अपेक्षा गरिएको छ।
ओहायो नदी उपत्यका ,क्यान्सस शहर देखि चार्ल्सटन, वेस्ट भर्जिनिया सम्म आइतवार बिहानसम्म २ देखि ५ इन्च सम्म हिमपात पर्ने छ ।
व्यापक हिमपातको कारण न्यूयोर्क र पेन्सिलभेनियाका धेरै प्रमुख राजमार्गहरू आंशिक रुपमा बन्द हुने मौशमविदहरुले जनाएका छन् । अमेरिकाको ग्रेट लेक नामक क्षेत्रमा गत बिहीबार ढिलो सुरु भएको हिउँ घटना केही क्षेत्रमा पहिले नै ३ फिट भन्दा बढी हिउँ जम्मा भएको छ।
पश्चिमी न्यूयोर्क ,पेन्सिल्भेनिया र ओहायोका केही भागहरूमा ३ फिटभन्दा बढी हिउँ जमेको छ भने ६ फिटसम्म हिउँ परेको छ
गत शुक्रबार, गेलोर्ड, मिशिगनमा २४.८ इन्च सम्म हिउ परेको छ । जुन अहिले सम्म कै दैनिक हिमपातको कृतिमान हो । मार्च ९ ,१९४२ मा १७ इन्चको कीर्तिमानी हिउलाई उछिनेको छ ।
अमेरिकी जनसंख्याको लगभग ७० % ले आगामी केही दिनहरूमा सुन्य तापक्रम भन्दा कम तापक्रम अनुभव गर्ने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया