अमेरिकी इतिहासमा २०२५ मा सबैभन्दा ज्यादा महिला गभर्नर हुने

इनेप्लिज २०८१ कार्तिक २४ गते १५:०२ मा प्रकाशित

अर्को बर्ष सन् २०२५ को लागि कूल १३ जना महिला गभर्नर हुने भएका छन् । गत नोभेम्बर ५ मंगलबार भएको आम निर्वाचनमा न्यू ह्याम्सरबाट केली आयोटले बाजी मारे पछि अर्को वर्ष कीर्तिमानी १३ जना महिला गभर्नर हुनेछन् ।

५६ वर्षीया पूर्व सिनेटर आयोट न्युह्याम्सरको रिपब्लिकन दलकी प्रथम निर्वाचित गभर्नर बन्दै इतिहास रचेकी छन्। आयोट न्युह्याम्सरको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।

न्यू ह्याम्पशायरले आयोटले गभर्नरमा बिजयी हासिल गर्नु अघि दुई जना महिला पहिले नै गभर्नरहरू निर्वाचित भै सकेका छन् । हाल सम्म अमेरिकाको विभिन्न राज्यहरुमा कूल १२ जना महिलाहरु गभर्नर रहेका छन् ।

गभर्नरको रूपमा सेवा गर्ने सन् २०२२ को अघिल्लो कीर्तिमानलाई तोड्दै सन् २०२५ मा कूल १३ जना महिला गभर्नर बन्ने छन् । अझै पनि १८ वटा राज्यमा गभर्नरको कार्यालयमा महिलाहरु निर्वाचित भएका छैनन् ।

प्रतिक्रिया