बेलायती गायक तथा गीतकार गायक लियाम पेनको अर्जेन्टिनाको एक अतिथीगृहबाट खसेर मृत्यु

इनेप्लिज २०८१ कार्तिक १ गते ११:१५ मा प्रकाशित

बेलायती गायक तथा गीतकार गायक लियाम पेनको अर्जेन्टिनाको एक अतिथीगृहबाट खसेर मृत्यु भएको छ ।

अर्जेन्टिनाको होटल(पाहुना घर)बाट लडेर गायक पेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व वन डाइरेक्शनक अकलाकार समेत रहेका पेनको अर्जेन्टिनाको अतिथिगृह (होटल)को कोठाको तेस्रो तल्लाबाट खसेर मृत्यु भएको राज्य प्रहरीले जनाएको छ। आपतकालिन सेवाहरूलाई गत बुधवार साँझ बोलाइएको थियो । पेनको शव अतिथिगृहको भित्री आँगनमा फेला परेको थियो जहाँ उनलाई घटनास्थलमा मृत घोषित गरिएको थियो ।

आपतकालिन सेवाका प्रमुख अल्बर्टो क्रेसेन्टीले स्थानीय अर्जेन्टिनाको स्थानीय पत्रिकालाई उनि १३ देखि १४ मिटर तल खसेको बताए । उनि लगभग ४२ देखि ४५ फिट खसेका थिए ।

आपतकालीन सेवाहरू घटनास्थलमा ५ :११ साँझ बजे आइपुगे। क्रेसेन्टीले उनलाई बचाउने प्रयास गर्ने कुनै सम्भावना नभएको र मृत्यु भएको पुष्टि गरे ।

बेलायती गायक ३१ वर्षका थिए। प्रहरीका अनुसार पेन ब्यूनस आयर्सको पालेर्मोस्थित पाहुना घर कासासुरमा बस्दै आएका थिए ।

उनले २०१७ मा “स्ट्रिप दयाट डाउन” गीत र २०१९ मा गीतिसंग्रह एलपि१ बिमोचन गरेका थिए । उनले २०२३ एक युट्युब साझा गरेका थिए जसमा उनले लुजियाना पुनर्वास सुविधामा लगभग १०० दिन बिताएपछि छ महिनासम्म शान्त भएको खुलासा गरेका थिए ।

प्रतिक्रिया