न्यूयोर्क, अक्टूबर १३ आइतबार , लिंकन हाईस्कूल Yonkers को जिम्नेजियम (gym Hall ) हलमा “न्यू-योर्क ओपन कराते चैम्पियनशिप “ बक्स्टर करातेडोको आयोज़नामा सूसम्पन भयों। वार्षिक रूपमा आयोजना गरिने यस प्रतियोगितामा ३८० बढ़ी खेलाडीहरूको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा आईएमए निहो नकरातेडोका १३ जना खेलाड़ीहरुको सहभागिता रहेको थियो । सहभागी खेलाड़ीहरुले ५ स्वर्ण २ रजत ७ काश्य गरि जम्मा १३ पदक हाशिल गर्न सफल भएका छन । बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरुमध्य लोजिना नेम्बांग र झोउ डोंग लेकाता तथा कुमिते दुबै २ स्वर्ण जितेका छन भने इजिता मल्लले कातामा १ स्वर्ण हासिल गरिन । पल्सी गुर्माचन र जांगमू तामांगंले व्यक्तिगत कुमिते तथा कातामा क्रमश रजत र काश्य पदक जीते भने रेयाना गोसाला लेकाता तथा कुमिते दुबैमा काश्य पदक प्राप्त गरेका छन । मिनातो ओशिमाले कातामा काश्य पदक जीते भने व्यक्तिगत कुमितेंमा शावन शेरपूंज़ा मगर र एडीन सिरिकोविकले काश्य पदक जितेका छन । प्रतियोगितामा अमेरिकाको अन्य राज्यहरु बाट ३८० जना बढ़ी खेलाडिहरुले सहभागिता जनाएका थिए भने प्रतियोगिता बिहान ९-६ बजेसम्म ६ वटा तातामीमां ३० जना बढ़ी राष्ट्रीय तथा अंतर्राष्ट्रीय रेफ्रीहरुले संपन्न गरेको थियो। उक्त प्रतियोगितामा रेफ्री तथा जजमा अन्तरास्ट्रीय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेई ओशिमा रहेको थियो।
प्रतिक्रिया