इजरायली शहर हाइफा र ग्यालिली क्षेत्रमा एक घण्टामा करिब १०५ प्रक्षेपास्त्र प्रहार

इनेप्लिज २०८१ असोज २२ गते १२:३६ मा प्रकाशित

उत्तरी इजरायली शहर हाइफा र ग्यालिली क्षेत्रमा एक घण्टामा करिब १०५ वटा प्रक्षेपास्त्र (रकेट )प्रहार गरिएको इजरायली सेनाले मंगलबार जनाएको छ ।

प्रक्षेपास्त्रहरू लेबनानबाट दुई छुट्टाछुट्टै क्षेत्रहरुमा प्रहार गरिएको इजरायल रक्षा बलले बताएको छ । धेरै क्षेप्यास्त्रटहरू रोकिएका थिए र केही खुला क्षेत्रमा खसेको सेनाले जनाएको छ । कम्तिमा दुई भवनहरू किर्याट याम र किर्याट मोट्जकिनमा प्रत्यक्ष रूपमा प्रहार भएको छ ।

इजरायली आपतकालीन सेवाहरूका अनुसार ७१ वर्षीया महिलालाई उनको हातमा छर्राले चोट लागेको र उनीलाई अस्पताल लगिएको छ । साथै चोटपटक लागेकाहरूलाई बाटोमा पनि उपचार गरिएको थियो।

तल्लो ग्यालिली क्षेत्रमा लेबनानबाट २५ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएको थियो। हेजबुल्लाहले मंगलबार हाइफा र किरियत शहरहरूमा ठूलो रकेट प्रक्षेपण गरेको बताएको छ ।

प्रतिक्रिया