केही दिन अगाडी मात्र आएको समुन्द्री आँधी हेलिनको क्षति सेलाउन नपाउदै फ्लोरिडामा अर्को समुन्द्री आँधी मिल्टनले ठूलो प्रभाव पार्ने र यो आँधी २० बर्ष कै सबै भन्दा शक्तिशाली हुने बताईएको छ ।
यसै बीच राष्ट्रपति जो बाइडेन र गभर्नर रन डिसान्टिस बीच आँधीबारे कुराकानी भएको छ । मिल्टन आँधी अहिले मेक्सिकोको खाडीमा रहेको र झण्डै दुई दशकमा सबैभन्दा शक्तिशाली आँधी भएको एबीसी न्यूजले निर्धारण गरेको छ।
गत अक्टोबर ७ बेलुका ८ बजेसम्म मिल्टनको हावाहरू १८० माइल प्रतिघण्टाको गतिमा स्थिर भएको राष्ट्रिय आंधीबेरी केन्द्रले जनाएको छ ।
हरिकेन हन्टर्सका अनुसार मिल्टनको दबाब ८९७ एमबीको नयाँ किर्तीमान न्यूनमा झरेको छ। यो हाल ट्याम्पाबाट ६५० माइल दक्षिणपश्चिममा रहेको एबिसीन्यूजले जनाएको छ ।
आँधी मिल्टन फ्लोरिडाको नजिक आइपुगेपछि राष्ट्रपति बाइडेनले सोमबार राति गभर्नर डिसान्टिस र ट्याम्पाका नगर प्रमुख जेन क्यास्टरसँग कुरा गरेको ह्वाइट हाउसले बताएको छ ।
साथै बाइडेनले राष्ट्रिय मौसम सेवाका निर्देशक केइन ग्राहमसँग पनि कुरा गरे। अमेरिकी गृह मन्त्रालय (होमल्याण्ड सेक्युरिटी )कासचिवले त्यहाँका बासिन्दालाई निकासी आदेश भएकाहरूलाई तत्काल छोड्न आह्वान गरे ।
आँधी मिल्टनको कारण केही विमानस्थलबन्द हुनेहरू मध्ये ओर्लान्डो र ट्याम्पा बन्द हुने भएका छन् । त्यसै गरि सेन्ट पीट-क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल फ्लोरिडाको ठीक बाहिर दिउँसो १२:३० बजे बन्द हुनेछ। त्यस्तै मंगलबार र बुधबार र बिहीबार बन्द राख्न आह्वान गरिएको छ ।
ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार बिहान ९ बजेदेखि सञ्चालनमा रोक लगाउने र बन्द गर्ने भएको छ । ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान ८ बजे सम्म बन्द हुनेछ र सुरक्षित हुने बित्तिकै फेरि खुल्नेछ, अधिकारीहरूले भने। ओर्लान्डो कार्यकारी विमानस्थल बुधबार बिहान १० बजेबाट सञ्चालन बन्द हुनेछ।
प्रतिक्रिया