अमेरिकाको फ्लोरिडा राज्यमा आएको समुन्द्री आँधी हेलिनले ठूलो धनजनको क्षति सकिन नपाउदै अर्को समुन्द्री आँधी मिल्टनको चपेटामा पर्ने भएकोले गभर्नरले घर छोड्न आग्रह गरेका छन् ।
फ्लोरिडाका गभर्नर र रन डिसान्टिसले त्यहाँका बासिन्दाहरूलाई निकासीका आदेशहरूमा ध्यान दिन आग्रह गरे।
गभर्नरले गत आइतबार संघीय आपतकालीन व्यवस्थापन सँस्थाका प्रशासक डीन क्रिसवेलसँग कुरा गरे । संघीय अधिकारीहरूले समुन्द्री आँधी मिल्टनको भूमिमा अवतरण हुने भएकोले त्यसको लागि तयारी गर्न राज्य आपतकालिन प्रबन्धकहरूसँग काम गर्न जारी राखेका छन्।
समुन्द्री आँधी मिल्टन सोमबार श्रेणी ५ मा परिवर्तन भएको छ । अर्थात् यो अझ निकै सशक्त हुने भएकोले फ्लोरिडाका अधिकारीहरुले बासिन्दाहरूलाई अझै पनि सम्भव भएसम्म खाली गर्न आग्रह गरिरहेका छन्।
“समय चाँडै नै सकिन लागेको छ,” र डिसान्टिसले सोमबार बिहान एउटा पत्रकार सम्मेलनमा भने।
फ्लोरिडाको पश्चिमी तटमा रहेका ५० भन्दा बढी काउन्टीहरू अहिले आपतकालिन आदेशको अवस्थामा छन् । शार्लोट, हिल्सबरो, मानाटी, पास्को, पिनेलास र सारासोटा लगायत धेरै खाली गर्ने आदेश अन्तर्गत छन्। सबै निकासी (इभाकुएसन) आदेशहरू फ्लोरिडाको आपतकालीन व्यवस्थापनको संजालस्थल (वेबसाइट)मा सूचीबद्ध गरिएको एबिसीन्यूजले जनाएको छ ।
आई रहेको समुन्द्री आँधी मिल्टन कमजोर हुने अपेक्षा गरिएको छ, तर बुधवार राती वा बिहीबार बिहान फ्लोरिडाको भूमिमा झर्दा श्रेणी ३ मा आँधी आउने छ ।
फ्लोरिडामा अवतरण हुनु अघि बाइडेनले आपतकालीन घोषणालाई अनुमोदन गरेका छन् । टयाम्पा खाडी क्षेत्रमा ८ देखि १२ फीटको अहिले सम्म कै उच्च आँधीबेरीको अपेक्षा गरिएको छ ।
प्रतिक्रिया