अमेरिकी राष्ट्रपति जो बाइडेन व्हाइट हाउसमा अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको सम्झनामा आयोजित मैनबत्ती प्रज्वलनमा सामेल भएका छन् ।
बाइडेन र प्रथम महिला जिल बाइडेन दुवै सोमबार ह्वाइट हाउसको ब्लू रुम(कक्ष)मा अक्टोबर ७ मा इजरायलमा हमासद्वारा भएको आकस्मिक आक्रमणको सम्झनामा आयोजित मैनबत्ती प्रज्वलनमा सामेल भए।
रब्बी आरोन अलेक्ज्याण्डरले हिब्रू “एल मालेई रचामीम” (“दयाले भरिएको ईश्वर”) मा दिवंगत भएकाहरूका लागि परम्परागत यहूदी प्रार्थना पढे, त्यसपछि यसलाई अंग्रेजीमा सुनाए।
त्यसपछि बाइडेनले मौनताको एक क्षण अवलोकन गर्नु अघि मैनबत्ती बाले। बाइडेनले त्यसको केही बेरपछि क्रस(इसाई धर्मको चिन्ह )को चिन्ह बनाए ।
अलेक्ज्याण्डर गोल्डबर्ग-पोलिन परिवारको पारिवारिक मित्र हुन् । २३ बर्षिय अमेरिकी-इजरायली हर्स गोल्डबर्ग-पोलिन नोभा संगीत महोत्सवमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका थिए। उनको शव इजरायली सेनाले अगस्तको अन्त्यमा फेला पारेको थियो।
प्रतिक्रिया