न्यूयोर्कका नगर प्रमुख एरिक एडम्स भ्रष्टाचार घोटालामा मुसिए पछि उनका उपप्रमुखले राजिनामा दिएका छन् ।
सार्वजनिक सुरक्षाका लागि न्यूयोर्क शहरका डेपुटी मेयर (उप नगर प्रमुख) फिल बैंक्स तृतीयले एडम्स प्रशासनभाट सोमबार राजीनामा दिएका छन् ।
“हामीले हिजो बोल्यौं र आज बिहान फेरि बोल्यौं र उनी आफ्नो जीवनमा अन्य चीजहरूमा जान चाहन्छन्,” एडम्सले एक संचार माध्यमलाई भने। “म मेरो असल साथीलाई शुभकामना दिन्छु।”
बैंक्सका भाइ डेभिड बैंक्सले विद्यालयका कुलपति पदबाट राजीनामा दिएका छन् ।
प्रहरी विभागले नाइटलाइफ (रात्रीजीवन )नियमहरू कसरी लागू गर्यो भन्ने बारे संघीय अनुसन्धानको एक भागको रूपमा फिल बैंक्सका घुम्तीयन्त्र( फोन)हरू जफत गरेका थिए। साथै प्रहरीले डेभिड बैंक्स र शीना राइटको फोन )घुम्तीयन्त्र )पनि जफत गरिएको थियो।
फिल बैंक्स न्यूयोर्क प्रहरी विभागका एक उच्चतम श्रेणीको वर्दीधारी अधिकारी थिए । उनले २०१४ मा पहिलेको प्रशासनको समयमा एक फरक भ्रष्टाचार घोटालाको बीच विभागबाट राजीनामा दिएका थिए ।
नगर प्रमुख एडम्सले घूसखोरी र ठगीको आरोपमा पाँच-गणना अभियोगमा आफू दोषी नभएको भन्दै आफूले राजीनामा नदिने बताई रहेका छन् ।
प्रतिक्रिया