अध्यावधिक गरिएको : अमेरिकामा आएको समुन्द्री आँधी हेलिनबाट मृत्यु हुनेको संख्या कूल २२६ पुगेको युएसए टुडेले जनाएको छ ।
हेलिन सन् २००५ मा आएको क्याट्रिना पछि सबैभन्दा घातक आँधी भएको छ। शुक्रबारसम्म २२६ जनाको मृत्यु भएको पुष्टि भएकोछ । हेलिन सन् १९५० यता अमेरिकी मुख्य भूमिमा आएको सबैभन्दा घातक चौथो आँधी हो।
युएसएटुडेका अनुसार सबैभन्दा घातक क्याट्रिना हो, जसले २००५ मा १,३९२ जनाको ज्यान लिएको थियो । त्यसपछि सन् १९५७ मा अड्रेको कारण ४१६ जनाको मृत्यु भएको थियो। यसै गरि सन् १९६९ मा मिसिसिपीमा क्यामिलले गर्दा २५६ जनाको ज्यान गएको थियो ।
नर्थ क्यारोलाइनाको आशभिल प्रहरी विभागले शुक्रबार हराइरहेका ३०० जना मध्ये २७० जना जीवित र स्वस्थ अवस्थामा फेला परेको बताएको छ। एफबीआई अमेरिको गृह बिभागको सहयोगमा प्रहरीले शहरमा ७५ जना सक्रिय बेपत्ता व्यक्तिका मामलामा काम गरिरहेको छ।
नर्थ क्यारोलाइनाको बनकोम्बे काउन्टीमा मात्र कम्तिमा ७२ जनाको भएको छ ।
नर्थ क्यारोलाइका अधिकारीहरूले राज्यमा मृत्युको संख्या ११५ मा पुगेको अध्यावधिक गरेका छन् । त्यस्तै साउथ क्यारोलाइनामा ४६ जनाको मृत्यु भएको विवरण दिएको छ । यस समुन्द्री आँधी हेलिनको कारण जर्जियामा ३३, फ्लोरिडामा १९, टेनेसीमा ११ र भर्जिनियामा २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया