अमेरिकाको कोलोराडो काउन्टीकी पूर्व कार्य सहायक टिना पिटर्सलाई चुनावमा हस्तक्षेप तथा जालसाजी आरोपमा ९ वर्ष कारागार सजाय सुनाईएको छ ।
पूर्व काउन्टी कार्य सहायकलाई निर्वाचन कम्प्युटर (सुसांख्य )प्रणाली उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
कोलोराडोको पूर्व मेसा काउन्टीकी सहायक कर्मचारी टिना पिटर्सलाई मतदान जालसाजीको झुटो र आधारहीन दावीबाट प्रेरित भएर काउन्टीको निर्वाचन प्रणालीको सुरक्षा उल्लंघनको नेतृत्व गरेकोमा नौ वर्षको कारागार सजाय सुनाइएको छ ।
पिटर्स रिपब्लिकन हुन् । उनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगी माई पिलोका प्रमुख माइक लिन्डेलसँग सम्बद्ध व्यक्तिलाई उनले आफ्नो काउन्टीको लागि प्रयोग गरेको चुनावी सफ्टवेयर(तन्त्रांश)मा पहुँच दिएकोमा दोषी ठहरिएको थियो ।
उनले उपलब्ध गराएका तन्त्रांश(सफ्टवेयर)को पर्दातस्बिर (स्क्रिनसट)हरू दक्षिणपन्थी संजालस्थल (वेबसाइट)हरूमा देखा परे पछि उनि यो फन्दामा परेकी हुन । उनी चुनावी हेराफेरी र दुराचार सम्बन्धी धेरैजसो आरोपमा दोषी ठहरिएकी थिइन्।
न्यायाधिशलले पीटर्सलाई उनले चुनावको अखण्डतालाई कमजोर पार्न गरेको क्षतिलाई “अपूरणीय” भन्दै दोषी ठहर गर्नुको साथै सजाय सुनाएका थिए ।
सजाय सुनाए पछि उनले भनिन “म अपराधी होइन र म कारागारमा जान योग्य छैन जहाँ अन्य व्यक्तिहरूले जघन्य अपराध गरेका छन्,” ।
सन् २०२० को चुनावपछि चुनावी जालसाजीको बारेमा झूटा र आधारहीन षडयन्त्र सिद्धान्तहरूलाई उत्तेजित गर्ने पिटर्स प्रमुख व्यक्तित्व भएकोले दोषी ठहर भएको एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया