अमेरिकी उपराष्ट्रपतिका उम्मेदवारहरू जेडी भान्स( ट्र्म्प) र टिम वाल्ज ( ह्यारिस) बीच पहिलो र अन्तिम बहस समाप्त ,कसले बाजी मार्यो

इनेप्लिज २०८१ असोज १६ गते ११:०० मा प्रकाशित

अमेरिकी उपराष्ट्रपतिका उम्मेदवारहरू रिपब्लिकनका जेडी भान्स( ट्र्म्प) र डेमोक्र्याटका टिम वाल्ज ( ह्यारिस) बीच पहिलो र अन्तिम बहस समाप्त भएको छ । कसले बाजी मार्यो भन्दै पत्रपत्रिकाले मत सर्वेक्षण गरेका छन् ।

सिएबिसन्यूजले गत अक्टोबर १ मंगलबारका दिन न्यूयोर्कमा संचालन गरेको बहसमा बिना दर्शक कार्यक्रम समापन गरेको छ । दर्शकहरुले दुवैको भनाईहरुलाई सकारात्मक रुपमा बहस भएको प्रतिक्रिया दिएका छन् । वक्ता दुवै जनाको ध्वनिवर्धक उपकरण (माइक्रोफोन) लाई नियन्त्रण गरिएको थियो ।

बहस पश्च्यात सिबिएसन्यूजले गरेको मत सर्वेक्षणमा ४२ प्रतिशत बहस पर्यवेक्षकले भ्यान्सले बहस जितेको बताए । त्यस्तै ४१ प्रतिशतले वाल्ज विजेताको रूपमा देखा परेको बताए। १७ प्रतिशतले बहसलाई बराबर भएको बताए ।

अर्थतन्त्र र मध्यपूर्वको द्वन्द्वलगायत बहसमा आएका केही मुद्दाहरूमा दुवै उम्मेदवारहरूले राम्रो प्रस्तुती र तथ्यांक प्रस्तुत गरे । वाल्जले स्वास्थ्य हेरचाह र गर्भपतनको बारेमा राम्रो भनाई राखे ।

धेरै जनाले बहस पछि भ्यान्सको प्रतिकूल भन्दा अनुकूल दृष्टिकोण राखेका छन् । बढी दर्शकहरूले बहसलाई समग्रमा दुवैको विचारहरु सकारात्मक रहेको महसुस गरे। तर भ्यान्सले कमला ह्यारिस र टिम वाल्जलाई आफ्नै विचारहरू व्याख्या गर्नु भन्दा बढी समय बिताएको देखिएको सिबिएसन्यूजले जनाएको छ ।

धेरै मतदाताहरूले वाल्जले आफ्नो अधिकांश समय आफ्नो विचार व्याख्या गर्न बिताएको बताएका छन् ।

वाल्जले भेन्सलाई जनवरी ६ ,२०२१ को विद्रोह र २०२० को चुनाव जितेको बिषयलाई लिएर ट्रम्पको झूटा दाबीको बहसको क्रममा प्रश्न राखे ।

“के उनले २०२० को चुनाव हारेका हुन् ?” वाल्जले भ्यान्सलाई सोधे। तर उनले उत्तर दिएनन र यसो भने “टिम, म भविष्यमा केन्द्रित छु,” भ्यान्सले आफ्नो प्रतिक्रिया कसरी सुरु गरे। “त्यो निन्दनीय उत्तर हो,” वाल्जले जवाफ फर्काए। २०२० मा ट्रम्पको कार्यहरू असामान्य थिएन भन्दै बचाउ गरे तर्क गर्ने प्रयास गरे ।

प्रतिक्रिया