नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले बिभिन्न आदिवासी जनजातीहरुको हकहित र समुन्नत भविस्याका लागी जुलाई १९ मा आर्थिक संकलन गर्ने उदेश्य लिएर सांस्कृतिक साझ (FIPNA Cultural Gala )कार्यक्रम गरेको थियो ।सोही कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै यही सेप्टेम्बर २८ तारिकको दिनमा सम्मान तथा आभार कार्यक्रम फिप्नाको तत्कालीन अध्यक्ष तोरण गुरुङ को अध्यक्षतामा सम्पन्न गरेको छ।
जुन कार्यक्रममा फिप्नाका सदस्या संस्थाहरुबाट आ- आफ्नो भेसभुसा र संस्कार,संस्कृति झल्कने नाचहरु प्रदान गरेर ठुलो सहयोग गर्ने कलाकारहरु र स्वयम् सेवकहरुलाई फिप्नाको तत्कालीन अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हात बाट विशेष सम्मान पत्र प्रदान गरी आभार प्रकट गर्नु भएको थियो । फिप्नाको सघिंय परिषदका प्रत्येक सदस्या संस्थाहरुलाई पनी उच्च सम्मान गर्दै (Appreciaton) आभार पत्र प्रदानदान गरेको थियो ।
उक्त कार्यक्रममा फिप्नाका प्रत्येक सदस्य संस्थाको अध्यक्षहरु तथा संस्थाको प्रतिनीधिहरु ,समाजसेविहरु र फिप्नाका सल्लाकारहरु र कलाकारहरु आदि को बाक्लो उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सन्चालन फिप्नाका महासचिब दिपक चौधरीले गरेका थिए भने, कार्यक्रममा उपस्थित सम्पुर्ण मान्याजनहरुलाई फिप्नाका बरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ ले स्वागत भाषणबाट अमुल्या र महत्वपूर्ण उपस्थितीको लागी उच्च सम्मान दिदै स्वागत मन्तव्य बाटॅ कार्यक्रम को सुरुवात भएको थियो ।
कार्यक्रममा फिप्नाका सदस्या संस्था किरात याक्थुम चुम्लुङका अध्यक्ष दीपक थेबे ले अमेरीकन आदिवासी नेपालीहरुको मुल संस्था फिप्ना हो र मुल संस्थाले गरेको कल्चर गाला कार्यक्रममा आफु अन्तिम सम्म बसेर मनोरन्जन लिएको र अति नै चुस्त र राम्रो ढंगले सरसर्ती अगाडी बढेको कुरा बताएका थिए ।
साथै फिप्नाको सल्लाहाकार कुलदिप राणामगरले अमेरिकामा रहेका सम्पुर्ण आदिवासीहरुको समस्या र हक़ अधिकारको लागी फिप्ना डटेर लाग्नु पर्ने र हरेक कुरामा नया पिढीहरुलाई सिकाउदै ,सहभागिता गराउदै र फिप्नाको महत्वा बुझाउदै अघि बढ्नु पर्छ भन्ने सुझाब दिनु भएको थियो ।
साथै समाजसेबी तथा युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका (UKRA) का केन्द्रीय उपाध्यक्ष केसव राम राई ले फिप्नाको इतिहास मै उत्कृष्ट कार्यक्रम सांस्कृतिक साझ (Cultural Gala) भएको र यस्तो पृथक कार्यक्रमहरु निरन्तर थप्दै र गर्दै जान सके फिप्नाले अर्को छलाङ मार्न सहज हुने बताउनुका साथै हामी बिचमा जे जस्तो परिवेसहरु भए पनी आदिवासी जनजातीहरुको एजन्डा र इसुको लागी सधै सबैजना एक ठाउमा हुन सके बलीयो हुन सकिने कुरा बताउनु भयो।र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को उद्देश्य विसुद्द जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडित जातजाती र समुदायको सम्मान अधिकार र हक़को लागी उभिनु हो भन्ने कुरा पनी बताउनु भयो ।
कार्यक्रम मा उपस्थित द गुरुङ (तमु) सोसाइटी अफ अमेरीका का अध्याक्ष ओम गुरुङ ,र नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष वसन्ती राईले पनी आफ्नो मनतब्या मार्फ़त फिप्नाको यो कार्यसमिति आए पछि अति नै राम्रो काम गर्दै आएको र अझै गर्न बाकी धेरै रहेको र सदैव आफुहरु नजिक रहेर सहकार्य गर्दै अघी बढ्ने कुरा बताएका थिए ।
त्यस्तै फिप्नाको सचिव दाजिमा शेर्पाले FIPNA Cultural Gala कार्यक्रमको कोअर्डीनेटर भएको हैसेतले केही सानातिना कम्जोरीहरुको वापजुत पनी सबैको साथ सहयोगको कारण सफल भएको कुरा प्रस्टाउदै सम्पूर्ण कलाकारहरु र भोलिन्टर्सहरुलाई स-सम्मान धन्यावाद ज्ञापन गर्नु भयो ।
अन्तमा कार्यक्रम समापन हुन अघि अध्यक्ष तोरण गुरुङ ले नेपालको एक सुन्दर प्राकृतिक बनावट संगै आफ्नै मौलिक संस्कृति ,भाषाको वृक्षारोपण गरेर फैलिएका मुलबासीको सन्तान आदिवासी जनजाती हामीहरु सदाबहार एकताबद्द भएर आफ्नो मुद्दहरुको उठान र हक अधिकार फिर्ता गर्न सदा तदारुक हुन पर्ने कुरामा जोड़ दिनु भयो २०४६ साल तिर बाट आदिवासीहरुले आफ्नो संस्कार संस्कृति र पहिचानको लागी संघर्ष सुरु गरेको भएता पनी यो ३५ वर्ष सम्म आएर फर्की हेर्दा जस्ताको तस्तै देख्दा दुख महसुज भएको धारणा पनी प्रकट गर्दै अव हामीले राजनितीक खुट्कीलामा चढेर हाम्रो माँग र इसुलाई फड्को मार्न नसके सधै हामी यही रहने र ओझेलमा परीरहने कुरा प्रस्ट पार्दै कल्चर गाला (सांस्कृतिक साझ) को लागी हर्दम खट्नुहुने सम्पुर्ण कार्यसमिती ,कलाकार ,स्वयम् सेवकहरु १८ वटा सदस्या संस्थाहरु र Sponsorहरुलाई र पत्रकार साथीहरुलाई हार्दीक धन्यावाद ज्ञापन अर्पन गर्दै सभ्या र भभ्या रुपमा भएको कार्यक्रमको समापन अध्याक्ष तोरण गुरुङले गर्नु भएको थियो ।
प्रतिक्रिया