मेरील्याण्ड राज्यका जिओपी अर्थात् रिपब्लिकन दलका सिनेटरका उम्मेद्वार ल्यारी होगनले आइतवार सिबिएसको “फेस द नेसन” मा दिएको अन्तर्वार्तामा उपराष्ट्रपति कमला ह्यारिसको मानसिक क्षमतामाथि प्रश्न गर्ने डोनाल्ड ट्रम्पको भर्खरको टिप्पणीलाई “अपमानजनक र अस्वीकार्य” भएको बताए ।
होगनले भने, “यो उपराष्ट्रपतिलाई मात्र नभई वास्तवमा मानसिक असक्षमता भएका व्यक्तिहरूको लागि अपमानजनक छ।”
शनिबारको चुनावी आमसभा (र्याली)मा ट्रम्पले अमेरिका-मेक्सिको सीमामा उनको भ्रमणको सन्दर्भमा आफ्ना प्रतिद्वन्द्वीलाई आक्रमण गरे, बाइडेन-ह्यारिस प्रशासनले सीमा संकटलाई कसरी सम्हालिरहेको छ भन्ने कारणले गर्दा उनी “मानसिक रूपमा असक्षम” भएको दाबी गरे।
होगन ट्रम्पको स्पष्ट आलोचक हुन् । उनले यस चुनावमा ‘देशभन्दा दलमा ध्यान केन्द्रित गर्दै रिपब्लिकन दलका राष्ट्रपति पदका उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् ।
होगन मेरील्याण्ड राज्यका पूर्व सफल गभर्नर हुन् । उनि डेमोक्र्याटहरुको क्षेत्रमा रिपब्लिकनको तर्फबाट अमेरिकी सिनेटरका उम्मेदवार हुन् । गभर्नर होगन, डेमोक्र्याट एन्जेला अल्सोब्रुक्सको बिरूद्ध सिनेटको लागि चुनावी मैदानमा छन् ।
प्रतिक्रिया