डिग बहादुर तामाङ्ग । दोलखा भीमसेनको प्रतिमामा पसिना आएपछिदेशमा अनिष्ठ हुन्छ भनेर समाचार लेख्नेहरुलाई धन्यवाद दिनै पर्छ । आश्विन माहिनामा देशभर आएको मुसलधारे बर्षका कारण देशभर खोलाहरुमा आएका बाढीका कारण नेपाल भरि धनजनको क्षतिपुगेको छ । यो नेपालहरु जहाँ रहेता पनि संवेदनशील समाचारले नेपालीहरुलाई दुखित बनाएको छ ।
हामीहरु मानिस भएर जन्मेपछि, प्रकृतीलाई रोक्न सक्ने क्षेमता हुदैन। मानिसहरुले बिश्वास गर्ने भनेको अदृश्य शक्तिलाई नै हो, त्यसैले भिम्सेनको प्रतिमा आएको पसीनालाई नै आधार मानेर पुन पूजा गरेर मनलाई शान्त पार्ने मेलोमेसो तिर हामीहरु लाग्छौं । वातावारण परिवर्तनलाई कारण के हो त्यतातिर हाम्रो ध्यान नै जाँदैन कारण किन ? भीमसेनको प्रतिमामा पसिना आँउदा, पूर्वराजा देखि बर्तमान राष्ट्र्पति सम्मले क्षेमा पूजा गरेका थिए, खै अविरल बर्षलाई बाढी पैरोलाई रोक्न सकिएन । धेरै मानिसहरुले अदृश्य शक्तिलाई बिस्वास गर्छन, तर खास मेसो के हो भन्नेतिर हाम्रा ध्यान नै जादैन । हामीहरु मिथकलाई बढि बिश्वास गर्दछौं यर्थाततालाई भन्दा ।
बिज्ञहरुको भनाई अनुसार पैरोको जोखिम झन बढदै गैरहेका छन । जताततै डोजर चाउने इन्जिनियर साहबहरुले खनेका बाटोहरुले सुख्खा पैरोलाई निम्त्याई रहेको छ भन्छन बिज्ञहरु । डोजर इन्जिनियरहरुले खनेका बाटोहरुलाई यातायात मन्त्रलायका साँचिक्कै इन्जिनियरहरुले स्वीकृती दिएपछि मात्रै गाडी चलाउन पथ्र्यो तर त्यो भै रहेको छैन हाम्रो देशमा ।
दोलखाका गुठियारहरुलाई चिन्ता होइन भित्री मनमा खुसिले भरेको हुन्छ भीमसेनलाई पसिना आँउदा, किन भने पन्चवली ल्याउनेहरुको ताँती लाग्छ, भिमेश्वरलाई रगत गुठियारहरुलाई मासु ।
हाम्रो देशमा मात्रै होइन, संसारभरि वातावरण परिवर्तन कारण, अतिबृष्टि ,अनाबृष्टी भएर संसारका हरेक भागमा अविरल बर्षको कारण भलपैरोले गाँऊबस्ती बगाएका छन् ।
वातावरणलाई बढाउने कामहरु हामी मानवहरुले नै गरेका हुन भनेर संयुक्त राष्ट्र्संघको ७९वौं महासभामा संसारभरिका राष्ट्र्अध्यक्षहरुले वातावरणलाई कसरी रोकथाम गर्ने भनेर आएका आवाजहरुलाई हामीहरुले सुन्ने गरेका छैनौं । उदारणका लागि भारतमा सबैभन्दा बढि जनसंख्या ब्राम्हणहरुको भएको देश तर त्यहाँ भीमसेनलाई कृष्ण, रामका, शीवको प्रतिमाहरुमा पसिना आएको समाचार कतै आएको छैन ।
भारतमा पनि यसपाली ४२० लाई बाढी पैरोका कारण मृत्यूवरण गर्न प¥यो । ३९७ जनालाई घाईते बनाएको छ । एउटै परिवार १७ जना सुतिरहेको समयमा पैरो बगायो केराला राज्यमा ।
झण्डै ११९ जना अझै बेपत्ता छन । पाकिस्तानमा पनि दक्षिणीभागमा मनसुनी वर्षा कारण बस्तीलाई नै बगाएको छ । चीनमा पनि थुप्रै जनधानको क्षति पुगेको समाचार नआएको होइन, झन त्यहाँ द्यौतालाई पसिना आउने कुरै भएन ।
संसारमा अहिले पहिलेका जस्ता कोइलाबाट डिजेलबाट चलाउने कलकारखानाहरुको ठाँउमा विद्युतीय प्रविधिले चलाउन थालेका छन । बजारमा इन्धनबाट चल्ने गाडिहरुको ठाँउमा विद्युतीय गाडिहरु आईसकेका छन् । बिशेष देशहरुमा सौर्यशक्तिलाई प्रगोग गरेर घरघरमा विजुली बत्तीहरु खाना पकाउन थालि सकेका छन ।
यो किनभने जमिनबाट आकाशमा कार्बन डाईअक्साइड घटाउन गरिएको प्रयासहरु हुन ।
अन्तमा देशभरि बाढी र पैरोले धनजनको क्षती प्रति दुख व्यक्त गर्दै हार्दिक समवेदनना ।
डिग बहादुर तामाङ्ग, भेडापु, दोलखा
प्रतिक्रिया