अमेरिकाको क्यालिफोर्नियाका राज्यका विद्यालयहरुमा विद्यार्थीले गतिशील घुम्तीयन्त्र (स्मार्टफोन )प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । यो प्रतिबन्ध संगै क्यालिफोर्निया राज्य यसरी प्रतिबन्ध लगाउने अर्को नयाँ राज्य बनेको छ । उनीहरुले बिद्यालय अवधिमा प्रयोग गर्न पाउने छैनन् ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले बिधालय जिल्लाहरूमा विद्यार्थीहरूले आफ्नो गतिशील घुम्तीयन्त्र (स्मार्टफोन )प्रयोगलाई प्रतिबन्ध लगाउन आवश्यक पर्ने कानूनमा हस्ताक्षर गरेका छन्।
क्यालिफोर्नियाका बिद्यालय जिल्लाहरूले सोमबार हस्ताक्षर गरेको नयाँ कानून अन्तर्गत विद्यार्थीहरुले प्रयोग गर्ने गतिशील घुम्तीयन्त्र (स्मार्टफोन ) प्रतिबन्ध लगाउने नियमहरू सिर्जना गर्नु पर्ने एबिसीन्यूजले जनाएको छ ।
नयाँ कानूनले क्यालिफोर्निया राज्यका बिद्यालयका कक्षाकोठामा बिधार्थीहरुको ध्यानलाई खलबल हुन् नदिन र न्यूनगर्न तथा बालबालिकाहरूमा सामाजिक संजाल मार्फत मानसिक स्वास्थ्य प्रभावहरूलाई सम्बोधन गर्ने प्रयासमा विद्यार्थीहरूको गतिशील घुम्तीयन्त्र पहुँच रोक्न प्रयास गर्ने सबैभन्दा नयाँ राज्य भएको छ । फ्लोरिडा, लुजीयाना, इन्डियाना र अन्य धेरै राज्यहरूले विद्यालयमा विद्यार्थीको गतिशील घुम्तीयन्त्र प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यले कानूनहरू पारित गरेका छन्।
यो नयाँ कानूनले विद्यार्थीहरूलाई शैक्षिक, सामाजिक विकास, र उनीहरूको अगाडिको संसारमा ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ, बिद्यालयमा हुँदा उनीहरूको ध्यान पर्दा (स्क्रिन?)मा नहोस भन्ने उद्धेश्यले यो कानुन लागू गरिएको छ , न्यूजमले एक विज्ञप्तिमा भने। कानूनले जिल्लाहरूले जुलाई १ ,२०२६ सम्म नियमहरू पारित गर्न आवश्यक हुने छ ।
न्यूजमले २०१९ मा बिद्यालय जिल्ला(स्कुल डिस्ट्रिक )हरूलाई विद्यार्थीको गतिशील घुम्तीयन्त्र पहुँच प्रतिबन्ध गर्न अधिकार दिने कानूनमा हस्ताक्षर गरेपछि यो कदम आएको हो।
प्रतिक्रिया