पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हारे भने फेरि उम्मेदवारी नदिने बताएका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतवारयदि उनी नोभेम्बरमा हारे भने आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी नदिने बताएको एबिसीन्यूजले जनाएको छ ।
“फुल मेजर” नामक एक कार्यक्रममा चुनाव हारेमा के गर्नु हुन्छ भने सवालमा उनले त्यस्तो जवाफ दिएका हुन् ।
म त्यो सम्भावना पटक्कै देख्दिन। मलाई लाग्छ, आशा छ, हामी सफल हुनेछौं, उनले भने।
राष्ट्रपति जो बाइडेनले २०२४ को चुनावबाट फिर्ता लिएपछि ट्रम्प अब इतिहासमा सबैभन्दा बृद्ध अर्थात् बढी उमेरको राष्ट्रपति पदका उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया