इरानी अनधिकृत प्रवेश गर्ने (ह्याकर)हरूले बाइडेन अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई ट्रम्प अभियानका चोरी गरिएका सामग्री पठाएको एफबीआई जनाएको छ ।
एफबीआई र अन्य अमेरिकी गुप्तचर संस्थाहरूले इरानी ह्याकरहरूले २०२४ को राष्ट्रपतिको चुनावलाई प्रभाव पार्ने प्रयास जारी राखेको पत्ता लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानबाट “चोरी” गरिएको जानकारी राष्ट्रपति बाइडेनको अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई पठाएका छन् ।
गत जुन महिनाको अन्त्यमा र जुलाईको शुरुमा राष्ट्रपति बाइडेनको अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई अवांछित इमेल(बिधुतिय डाक )हरू पठाएका थिए । जसमा पूर्व राष्ट्रपति ट्रम्पको अभियानबाट चोरी भएको गैर-सार्वजनिक सामग्रीबाट लिइएको बिधुतिय डाकहरुको केही अंशको रूपमा पठाईएको अमेरिकी गुप्तचर एजेन्सीहरूले बुधबार एक विज्ञप्तिमा बताएका छन् ।
इरानी सरकारले संचार माध्यम (मिडिया )संगठनहरूलाई “चोरी” अभियान सामग्रीहरू पठाउन “आफ्नो प्रयास जारी राखेको छ”,बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया