नेपाल औषधी थोक व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको साधारण सभा

वीरेन्द्र रावल २०८१ भदौ ३१ गते ११:०३ मा प्रकाशित

धनगढी भदौ ३१ । नेपाल औषधी थोक व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितीको तेस्रो साधारण सभा धनगढीमा सम्पन्न भएको छ ।
तेस्रो साधारण सभामा औषधी व्यवसायीहरुका समस्या,समाधानका उपाय र राज्यको दायित्वका बारेमा छलफल भएको छ ।

सो कार्यक्रमको प्रमूख अतिथीे नेपाल थोक औषधी व्यवसायी संघका प्रमूख अतिथी शिवराज बास्कोटा रहेका थिए । बास्कोटाले नेपालका औषधी व्यवसायी संघका समस्यालाई स्थानीय स्तरबाट उठाउँदै राज्यलाई घचघचाउनु पर्ने बताए ।

नेपाल औषधी थोक व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितीका प्रदेश अध्यक्ष आनन्द बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य संघका सुदूरपश्चिम प्रदेश सचिव डण्डराज खनालले गरेका थिए भने सञ्चालन संघका सुदूरपश्चिम प्रदेश : महासचिव कमल प्रसाद उपाध्यायले गरेका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश भरीका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया