हाम्रो संघर्ष,त्याग र सहिदको बलिदानले ल्याएको पटकपटकको प्रजातन्त्र र लोकतन्त्र !
विकासेहरुको स्वाद फर्ने मदिराको चुस्की नबनोस !
नेपालीको रगत र पसिनाले सिन्चित पवित्र भूमिमा
विज्ञको नाम जोडिएका
विदेशी दार्शनिकले अन्वेषण गरेर देखाउन खोजेको आर्सेनिक
नयाँ प्रयोगशालामा प्रयोग गर्दागर्दै
फलै नलाग्ने बिज जस्तो नबनोस् !
विभिन्न पाटीका बयोबृद्ध राजनेता र युवाशक्तिको रुपमा उदयमान
महोदयहरुलेल्याएका परिवर्तनका नयाँ आयाम र कार्यक्रमहरु
तिनै पाटीका आम कार्यकर्ता र बाँकी नेताका लागि
कार्यनयनमा गलगाँड नबनुन् ।
उत्कृष्ट मस्तिष्कमा, सयौं सृजनाको रचनात्मक प्रयोगको सट्टा विधङ्सात्मक विद्रोह नजम्मियोस !
सिद्धान्तको रसायनले देशको भलो गर्न नसकेपनि
ताउलो समाउन काम लाग्ने हनमेर्नु र मझेरीमा राखेको मस्को जस्तोो काम लाग्ने त बन्न सकोस् न !
तपाई र हामीले बनाएको त्यो र यो सिद्धान्त !
हैन र ?
सीता ओझा
२०८१/०५/१४
प्रतिक्रिया