ताजा थप जानकारी (अध्यावधिक गरिएको : टेक्ससमा नेपाली बिधार्थी मुना पाण्डेको हत्याको आरोपी बबी सिंह शाहको धरौटी अस्वीकार ,अर्को सुनुवाइ आगामी मंगलबार बिहान ९ बजे हुने

इनेप्लिज २०८१ भदौ १४ गते १०:४९ मा प्रकाशित

ताजा थप जानकारी (अध्यावधिक गरिएको) : अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गत सोमबार साँझ नेपाली बिधार्थी मुना पाण्डेको हत्याको आरोपी बबी सिंह शाहको धरौटी अस्वीकार गरिएको छ । आरोपी शाहको अर्को सुनुवाइ आगामी मंगलबार बिहान ९ बजे हुने भएको छ ।

ह्युस्टनमा स्वास्थ्य परिचारिका (नर्सिङ) पढ्दै आएकी २१ वर्षीया मुना पाण्डेको हत्या गरेकोमा शाहलाई अभियोग अर्थात् क्यापिटल मर्डरको मुद्धा लगाइएको छ । उनी बिहीबार दिउँसो अदालतमा उपस्थित हुने भनिएको थियो । शाह अहिले हिरासतमा रहेका छन् ।

न्यायाधिश (मजिस्ट्रेट)ले उनको मुद्दामा सम्भावित कारण फेला पारे र उनको जमानत अस्वीकार गरिएको क्लिक२ह्युस्टन डटकम स्थानीय पत्रिकाले लेखेको छ ।

उनको अर्को सुनुवाइ आगामी मंगलबार बिहान ९ बजे हुने भएको छ ।

के भएको थियो ?

गत सोमबार साँझ करिब ५ः४५ बजे २१ वर्षीया मुना पाण्डेको ओछ्यानमा शव फेला परेको थियो । अदालतको अभिलेख अनुसार उनको शरीरमा धेरै गोली लागेको थियो। अनुसन्धानकर्ताहरूले उनको टाउकोको पछाडिको भागमा एउटै गोली लागेको पनि बताए।

प्रहरी अधिकारीहरूलाई पहिलो पटक ६३६३ मा रहेको आवासगृह (अपार्टमेन्ट)मा बोलाइएको थियो । कसैले अज्ञात रुपमा शव फेला परेको खबर गरेका थिए । पाण्डेको आवासगृह (अपार्टमेन्ट )खोज्दा उनको मोबाइल (घुम्ती यन्त्र) नभेटिएको अदालतको कागजातमा उल्लेख गरिएको छ । उनलाई सम्पर्क गर्दा फोन गर्दा उनको सीधै स्वरसन्देश ( भ्वाइसमेल)मा गएको उनका एक साथीले बताए । उनका साथीले प्रहरीलाई खबर गरेका थिए ।

उनका साथीले शनिबार राति पाण्डेसँग जन्मदिनको भोज बाहिर जाने योजना बनाएका थिए । उनले सन्देश पठाए (मेसेज) तर उत्तर नआएको साथीले बताए । पाण्डे काम गर्ने पसलमा प्रबन्धकले शनिबार साथीलेकुराकानी गरे र उनले आइतवार जवाफ नदिए पछि साथीलाई कुरा गढबढ भएको र असाधारण लाग्यो।

पाण्डेका छिमेकीले पनि राति ८:३० बजेको बीचमा आवाज सुनेको बताए ।

अदालतका कागजातहरूले हत्याका अभियुक्त र २१ वर्षीय नेपाली विद्यार्थीबीचको सम्बन्धबारे नयाँ विवरण खुलाएका छन् ।

मंगलबार, गुप्तचरहरूले पाण्डेको सुरक्षा प्रणालीको पासवर्ड(गोप्य शब्द) प्राप्त गर्न र शनिबार राति उनको आवासगृहको ढोका नजिकबाट सुरक्षा फुटेज ( तस्बिर)प्राप्त गर्न सक्षम भए।

बेलुका ८ः४० मा पाण्डे र शाह ढोकामा पुगेका दृश्य देखे । पाण्डेले जुत्ताको बाकस, किनमेल झोला र कालो ज्याकेट(आवरण) र पर्स (थैली)बोकेका थिए । शाहले कालो बन्दुक बोकेर बारम्बार ढोका खोल्न आदेश दिएका थिए ।

मुनाले “के गर्न लागेको हो ?” भनेर सोधेकी थिइन् । शाहले उनलाई फेरि ढोका खोल्न भनेको अन्वेषकहरूले बताए । पाण्डेले ढोका खोल्दा शाहले उनलाई भित्र धकेलेर पछाडिबाट ढोका लगाए ।

एक घन्टापछि शाह चित्र ग्राहिणी (क्यामेरा)माबाट बाहिर निस्किएको देखिन्छ। दुईजना भित्र पस्दा पाण्डेले राखेको कालो थैली (पर्स )बोकेर हिडेको विश्वास गरिएको छ ।

गत बुधवार संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरे पछि व्यक्तिले शाहलाई चिनेको बताए। उनले शाहको टेक्सस चालक अनुमतिपत्र र घुम्ती यन्त्र संख्या (सेल फोन नम्बर)को प्रतिलिपि अनुसन्धानकर्ताहरूलाई उपलब्ध गराएका थिए ।

प्रतिक्रिया