मेक्सिकोमा बन्दुकधारीहरुद्वारा प्रहरी बलका सात सदस्यहरूलाई गोली हानी हत्या गरेका छन् ।
मेक्सिकोमा लागूऔषध गिरोहका बन्दुकधारीहरूले ७ जना सामुदायिक सुरक्षाकर्मीहरुको हत्या गरेको सिबिएसन्यूजले जनाएको छ ।
मेक्सिकोको परम्परागत र आदिवासी सामुदायिक प्रहरीबलका सदस्यहरुलाई ज्यान लिएको अधिकारीहरूले सोमबार बताए ।
पश्चिमी राज्य मिचोआकानका प्रमुख अभियोजक एड्रियन लोपेजले बन्दुकधारीहरूले सप्ताहन्तमा कोहुआयाना सहरमा सामुदायिक प्रहरी बलका सात सदस्यहरूलाई गोली हानी मारेको पुष्टि गरे ।
आदिवासी सामुदायिक प्रहरी बलका सात सदस्यहरूलाई लागूऔषध गिरोहका बन्दुकधारीहरूले अपहरण गरेको केही दिनपछि हत्या गरेका हुन् ।
प्रतिक्रिया