अध्यावधिक गरिएको : ममताका पति नरेश भट्टले टेस्ला गाडी किन बिक्री गरे र घर समेत बिक्री गर्ने प्रयास गरेको खुलासा

इनेप्लिज २०८१ भदौ ८ गते ०:५२ मा प्रकाशित

अध्यावधिक गरिएको : ममता काफ्ले भट्टका पति नरेश भट्ट अगस्त २३ शुक्रबार बिहान न्यायाधीश समक्ष हाजिर भए । अदालत कागजातहरू उनीमाथि उनको हत्या र उनको शव लुकाएको आरोप लगाइएको छ ।

मनासस पार्क र प्रिन्स विलियम काउन्टीका प्रहरी अधिकारीहरूले दुई दिन(बुधबार र बिहिबार)सम्म सम्पत्तिको अनुसन्धान गरेपछि नरेशलाई अगस्त २२ का दिन बिहीबार उनको घरबाट हिरासतमा लिइएको थियो । उनलाई हतकडी लगाएर लगिएको थियो । प्रहरीले गत बुधबार उनि नै चासोको व्यक्ति र उनले असहयोग गरेको पत्रकार सम्मेलनमा मनासस पार्क प्रहरी चौकीमा बताएका थिए ।

गत बिहिबार उनलाई शव लुकाउने विरुद्ध आरोप लगाइएको छ । उनलाई अदालतको कोठा भित्र अभियोजकहरूले नरेशले तीन वर्षभन्दा बढी बसेको उक्त घरमा उनकी श्रीमतीलाई जुलाई ३० को वरपर घरमा हत्या गरेको आरोप लगाएका छन् । अदालतको कागजातको अनुसार शव निवास भित्र रहेको र घरबाट बाहिर निकालिएको संकेत गर्ने प्रमाणहरू रहेको जनाईएको छ ।

घरको खोजीका क्रममा प्रहरीले मुख्य शयन कक्ष र स्नानगृह वरिपरि रगत भेटिएको तर कुनै डीएनए परीक्षण नगरिएको एबिसी७न्यूजले जनाएको छ ।

बचाव पक्षले न्यायाधीशलाई नरेशसँग कुनै हिँसाको इतिहास नभएको र उनको अपराध प्रमाणित गर्न पर्याप्त प्रमाण नभएको बताएका थिए ।

न्यायाधीशले उनको जमानतको सर्तहरू परिवर्तन नगर्ने निर्णय गरेका छन् । यसको अर्थ जसको नरेश बिना कबुलियत(बन्ड) प्रहरी हिरासतमा रहने छन् ।

एबिसी७न्यूजका अनुसार मनसास पार्क प्रहरी अधिकारीहरूले ममता काफ्ले भट्टको मृत्यु घोषणा पनि गरेका छैनन् किनभने उनीहरुले शव फेला पारेका छैनन । तर बचाव पक्षका वकिलहरूले नरेशलाई वर्ग ६ को अपराधको आरोपमा पक्राउ गर्न पर्याप्त प्रमाण नभएको तर्क गरे तर नरेशले आफ्नो राहदानी फिर्ता गर्ने र आदेश दिएमा जिपिएस निगरानीमा रहने बताए।

नरेशले ममतालाई जुलाई ३१ मा अन्तिम पटक देखेको प्रहरीलाई बताएपछि अगस्त ५ मा ममता भट्ट बेपत्ता भएको जानकारी दिएका थिए। प्रहरीले बिहीबार ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेको र पछिल्लो पटक सम्पर्क जुलाई २९ मा भएको खुलासा गरेको थियो। तर ईनेप्लिजलाई घरमाइ दिएको अन्तर्वार्ता अगस्त २ का दिन प्रहरीहरु घर मै आएको र ममता बेला बेलामा बाहिर जाने गरेकोले प्रहरीले नै १-२ दिन पर्ख भनेको बताएका थिए ।

तर प्रहरीका अनुसार जुलाई २८ मा ममताले आफ्नो सामाजिक संजाल टिकटकमा अन्तिम पटक प्रकाशित गरेकी थिइन् ।जहाँ उनले र आफ्नी छोरीको श्रब्यदृश्य (भिडियो) साझा गरेकी थिइन् ।

बेपत्ता व्यक्तिको आधिकारिक प्रतिवेदन (रिपोर्ट) पेश गर्न अगस्त ५ सम्म पर्खदै नरेशले अनुसन्धानका क्रममा अधिकारीहरूसँग काम गर्न असफल भएको अधिकारीहरूले बताए।

भाजिनिया राज्यको मनासस स्थित युवीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरका सहकर्मीहरूले कल्याणकारी जाँचको लागि बोलाएपछि प्रहरीले अगस्त १ मा दम्पतीको घरको भ्रमण गरेको थियो। अधिकारीहरूका अनुसार ममताले हप्ताको दुई दिन अस्पतालमा काम गरेकी थिइन्। तर अगस्त १ र २ काम गर्ने अपेक्षा गरिएको थियो तर उनले कार्यालयलाई केही खबर नगरे पछि सहकर्मीहरु चिन्तित भएका थिए ।

अदालतमा अधिकारीहरुले भने नरेशले सुरुमा प्रहरीलाई अगस्त १ मा कल्याणकारी जाँच (चेकअप)को क्रममा ममता न्युयोर्क वा टेक्ससमा आफन्तहरूलाई भेट्न गएको बताएका थिए । पछि अधिकारीहरुले उक्त क्षेत्रमा उनीहरुका कोही पनि आफन्त नभएको थाहा पाएका थिए ।

नरेशले ममताले उनी बेपत्ता हुनु अघि उनको घुम्ती यन्त्र (सेलफोन )नष्ट गरेको दाबी समेत गरेका थिए । तर अभियोजकहरूले अगस्त १ मा मृत्यु नहुन्जेल ममताको घुम्ती यन्त्र (सेलफोन)मा जुलाई २९ का दिन सम्म तथ्यांक प्राप्त गरेको दाबी गरे।

एबिसी७न्यूजका अनुसार जुलाई ३० मा अभियोजकहरूले भने कि नरेशलाई भर्जिनिया राज्यको स्यानटिली वालमार्टमा तीनवटा चक्कुहरूको पोको( प्याकेट) किनेको देखिएको थियो । त्यस्तै जुलाई ३१ मा नरेशलाई लाउडन काउन्टी वालमार्टमा (क्लिनिङ्ग सप्लाई)सफाई आपूर्तिहरू खरिद गरेको देखिएको थियो । सरकारी वकिलले तीनमध्ये दुईवटा चक्कु नभेटिएको अदालतलाई बताए ।

अभियोजकहरूले अनुसन्धानको क्रममा घर भित्र अराजक दृश्य पनि चित्रित गरे। एउटा सुटकेस प्याक अर्थात् एक सन्दुक कुम्लो पारिएको तयारी अवस्थामा फेला पारिएको थियो । लुगा झुण्डाउने (ह्याङ्गर)बाट वस्तुहरू हराइरहेका थिए ।

अधिकारीहरूका अनुसार नरेशले अगस्त १९ मा आफ्नो टेस्ला गाडी बेचेका थिए । साथै दुई साक्षीहरूले अधिकारीहरूलाई उनले आफ्नो घर बेच्न खोजेको बताए।

ममताकी छोरीको हेरचाह गर्नको लागि अमेरिका झिकाउन नेपालमा बस्दै आएकी ममताको परिवारलाई शुक्रबार आपतकालीन प्रवेशआज्ञा दिइएको अध्यागमन अधिवक्ता बन्दिता शर्मा दाहालमे बताएको एबिसी७ न्यूजले उल्लेख गरेको छ ।

नरेश अक्टोबर २४, २०२४ मा बिहान ९ बजे न्यायिक सुनुवाइको लागि अदालतमा फिर्ता हुने छन् ।

प्रतिक्रिया