क्यानेडियन नेवाःगुथिले  यस बर्ष थप सास्कृतिक  आकर्षण सहित “समय् बजि” कार्यक्रम मनाउने

इनेप्लिज २०८१ भदौ ६ गते १०:२६ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाःगुथिले प्रत्येक बर्ष मनाउन्दै आएको “येँयाः पुन्हि (ईन्द्रजात्रा) तथा समय् बजि” कार्यक्रम यस बर्ष थप सास्कृतिक आकर्षण सहित मनाउने भएको छ। यस बर्षको सो कार्यक्रम आउन्दो सेप्टेम्बर ७ , शनिबार को दिन ब्राम्प्टन स्थित चिङ्कुजि पार्कमा गरिने भएको छ। बिगतका बर्षहरुमा लाखे नाच, कुमारी, चर्या नृत्य, धिमे बाजा एबम नेवाः लोक नृत्य प्रस्तुत गर्दै आएकोमा यस बर्ष थप आकर्षणको रुपमा “पुलुकिसि नाच” र “हाथ्वँ हायेकेगु” (भैरबको मुख बाट जाँडरुपि प्रसाद झार्ने) कार्यक्रम पनि प्रस्तुत गरिने कार्यक्रम्का संयोजक तथा गुथिका उपाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले बताउनु भयो। यसका साथै नेवाः सस्कृति सम्बन्धि छोटो सामुहिक हाजिरि जवाफ, नेवाः समुदायमा खेलिने खेल पनि प्रस्तुत गरिने भएको छ।

आफ्नो आमाको ईच्छा पूरा गर्न स्वर्गका राजा ईन्द्रले मर्त्यलोकमा आएर पारिजात फूल चोरेको आरोपमा बन्दि बनाइएका आफ्ना मालिक राजा ईन्द्रलाई खोज्ने क्रममा ईन्द्रका हाति मर्त्यलोकमा आएको प्रसंगलाई लिएर पुलुकिसि नाच हुने र महादेब रुपि भैरबको प्रसाद्को रुपमा “हाथ्वँ हायेकेगु” गरिने पुराना किताबहरुमा उल्लेख गरिएको पाइन्छ।

नेवाः संस्कृतिको प्रबर्द्दन, संरक्षणको उद्देश्य बोकि गत सन २००५ मा स्थापित क्यानेडियन नेवाः गुथिले सो संस्कृतिको निरन्तरताको लागि युबा बर्गमा पुस्तान्तरण गर्नु पर्ने महसुस गरि यस बर्षको नारा “ब्रिजिङ जनेरेसन विथ समय् बजि” राखिएको छ ।

यस्तो नेवाः सस्कृति र समय् बजिको अभुतपुर्ब संगमलाई साक्षात्कार गरि आफ्नो संस्कृति बारे जानकारीको साथै प्रबर्द्दनको लागि सहयोग गर्नु हुन गुथिले सम्पूर्ण महानुभाबहरुलई सादर अनुरोध गरेको छ भने समयमै आफ्नो स्थान सुरक्षित गर्न गुथिको वेबसाइटhttps://www.canadiannewaguthi.org/new/ मा गई दर्ता गर्नु हुन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया