नदीले रोक्यो डांडाले छेक्यो समुन्द्री बाटो छ
आभाव बिना छातीको कुना पीडाको पाटो छ
जन्मेको घरै सम्झीएर वरै मनमा खाटो छ,
नारन ! मनमा खाटो छ !!
न सक्छु जान भूरुरु उडी आमाको काखैमा
नसुकी जान्छ छिपछिपे आँशु सम्झना आँखैमा
सुटुक्क गरी लैजा न चरी खवर घरमा
सम्झना सिरान च्यापेर छोरी बांचेछु शहरमा
नारन ! बांचेछु शहरमा !!
त्यो जन्म घर लाग्दैन पर विदेश पसेनी
पराई हैन बिर्सने छैन जता गई बसेनी
नियमले खान्छ , डलरले तान्छ अम्रिका शहर
सुखको सागर भेटिन्छ तर माइतीकै रहर
नारन ! माइतीको रहर !!
नदीले रोक्यो डांडाले छेक्यो समुन्द्री बाटो छ
आभाव बिना छातीको कुना पीडाको पाटो छ
जन्मेको घरै सम्झीएर वरै मनमा खाटो छ,
नारन ! मनमा खाटो छ !!
विमला ढुंगाना (हाल अमेरिका )
प्रतिक्रिया