अमेरिका र रुस बीच ठूलो संख्यामा कैदीबन्दी आदानप्रदान , बाइडेनले बोले 

इनेप्लिज २०८१ साउन १७ गते १६:५७ मा प्रकाशित

अमेरिका र रुसले ठूलो संख्यामा कैदीबन्दी आदानप्रदान भएको राष्ट्रपति जो बाइडेनले बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी जेलबाट रिहा भएका कैदीहरू अब सुरक्षित रूपमा विदेशमा बस्न सक्ने बताएका छन्।

बाइडेनले इभान गेर्शकोविच, पल व्हेलान, अल्सु कुर्मशेभा र भ्लादमिर कारा-मुर्जाको रिहाइको लागि अमेरिकाका सहयोगीहरू: जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र टर्की बिना सम्भव हुने थिएन भन्दै प्रशसॅा गरे।

बिहीबारको कैदी आदान प्रदान मस्को र वाशिंगटन बीचको शान्त र जटिल वार्ता पछि आएको हो। 

गेर्शकोभिचलाई मार्च २०२३ मा येकातेरिनबर्गमा समाचार सॅकलन यात्राको क्रममा पक्राउ गरिएको थियो। 

उनलाई जुलाई १९ मा रुसी अदालतले जासुसीको आरोपमा दोषी ठहर गरेको थियो  एक मुद्दामा उनलाई १६ वर्षको कारागार सजाय सुनाइएको थियो।

व्हेलन जो एक अमेरिकी, आयरिश, बेलायती र क्यानाडाली नागरिक हुन् ।

उनलाई रूसी अधिकारीहरूले डिसेम्बर २०१८ मा मस्कोको एक पाहुनाघर( होटल)बाट हिरासतमा लिएका थिए ।

उनलाई रुसले एक गुप्तचर कार्यमा संलग्न भएको आरोप लगाएको थियो ।

प्रतिक्रिया