के पी, शेर बहादुर र प्रचण्ड बाट मुलुकले निकास पाउँदैन !

इनेप्लिज २०८१ साउन ५ गते २१:४६ मा प्रकाशित

के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, ८८४ जना सांसद र नेताहरूबाट कहिले पनि मुलुकले निकास पाउने छैन । के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र ८८४ जना सांसद असफल भएका छन । एमाले र काँग्रेस लगायत दलको गठबन्धनको सरकार बनेकोमा झोलेहरु खुशी भएको देख्दछु । खुशी हुने कारण नै छैन । पहिले पनि एमाले र कंग्रेस लगायत दलहरुको गठबन्धनको सरकार बनेको थियो कति महिना टिक्यो ? र अब कति महिना टिक्छ ?

केहि दिन पहिले नारायणघाटको सिमलतालमा पहिरोको कारण दुईवटा यात्रुवाहक बसका यात्रीहरु त्रिसुली नदीमा खसेर मृत्यु हुँदा पनि राज्यले एक दिन शोक बिदा दिन सकेन विडम्बना छ । यो भन्दा दु:खद दुर्घटना नेपालीहरुको लागि के नै हुन सक्छ । एकदिन मुलुकको सरकार, सांसदहरू र नेताहरूले शोक दिवसको बिदा दिएनन । वास्तवमा ८८४ जना सांसद र नेताहरुको अल्लछिनले गर्दा दुर्घटना भएको हो । मुलुकमा चित्त बुझाउने ठाउँ कतैबाट छैन जताततै अलपत्र मात्र छ ।

हाम्रो मुलुकमा गजब छ कहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र काँग्रेस गठबंधन, कहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एमाले गठबन्धन र अब फेरि दोस्रो पटक एमाले काँग्रेस गठबन्धन रमिता पनि कति देखाउन सकेको हो । सबै नैतिकता हराएका पतित हुन । विश्वमा कहिँ कतै नभएका सांसदहरू र नेताहरू हाम्रै मुलुकमा छन । कोही उखान टुक्के, कोही भकभके र कोही हत्यारा प्रधानमन्त्री भएका छन । यसको दोषी नै झोलेहरु हुन । झोलेहरु रहुन्जेल सम्म मुलुकको परिस्थिति राम्रो हुनेवाला छैन । अझै झोलेहरुको चेत खुलेको छैन । मुलुकमा जनताहरु ५ प्रतिशत झोलेहरु ९५ प्रतिशत छन ।

हिजोसम्म काँग्रेसका नेताहरु, झोलेहरुले एमालेका नेताहरू, झोलेहरुलाई लाई गाली गर्थे ? एमालेका नेताहरू, झोलेहरुले काँग्रेसका नेताहरू, झोलेहरुलाई लाई गाली गर्थे ? एक आपसमा मिले यतिन्जेल गाली गर्नुको के अर्थ ? लाजशरम लाग्नुपर्ने हो ? काँग्रेस, एमालेका नेताहरु, झोलेहरुले अब नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेताहरू, झोलेहरुलाई लाई गाली गर्ने होला ? नेपालको राजनीति साह्रै घिनलाग्दो भयो । एमाले काँग्रेस गठबन्धन पनि धेरै दिन टिक्नेवाला छैन ।

के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, ८८४ जना सांसद र नेताहरूको एउटै उद्देश्य जसरी हुन्छ राज्यकोष ढुकुटी दोहन गर्नु नै हो । पशुपति शर्माको गीत लुटन सके लूट कान्छा नेपालमै छ छुट । पशुपति शर्माको गीतमा यथार्थता छ । झोलेहरुको चेत आउने कहिले ? हिन्दीमा उखान छ चोर चोर मौसेरे भाई त्यस्तै प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा, ८८४ जना सांसद र नेताहरू सबै चोर चोर मौसेरे भाई हुन ।

अन्तर्राष्ट्रिय मुलुकका नेताहरूले नेपालका प्रधानमन्त्री उखान टुक्के, नेपालका प्रधानमन्त्री भकभके, नेपालका प्रधानमन्त्री हत्यारा , नेपालका मन्त्रीहरु कोही नागरिकहरु बेच्ने, कोही बालुवाटार जग्गा बेच्ने, कोही गिरिबन्धुको जग्गा बेच्ने र सांसदहरू देखेर अचम्म मान्दा हुन ? अन्तर्राष्ट्रिय स्तरमा हामी नेपालीहरुको इज्जत रत्तिभर पनि छैन । आज ८८४ सांसद र नेताहरूको कारण हामी नेपालीहरु बदनाम हुनु परेको छ । मुलुकको अवस्थालाई सुधार गर्न हाम्रो मुलुकमा रहेको वर्तमान प्रणालीलाई जडबाट उखेलेर प्याँक्न सक्ने आँट, हिम्मत र साहस भएको दरिलो शासकको अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया